Ad imageAd image

इलाम र बझाङमा हुने उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्न निर्वाचन आयोगको अपिल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं, । शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्न निर्वाचन आयोगले सबै मतदातामा अपिल गरेको छ ।

आयोगका उपसचिव एवम् सहायक प्रवक्ता रामदत्त पाण्डेले जारी गर्नुभएको विज्ञप्तिमा बिहान ७ बजेदेखि ५ बजेसम्म हुने मतदानमा तोकिएको मतदान केन्द्रमा उपस्थित भएर आफूले छानेको उम्मेदवारको चिह्नमा मतदान गरी मतको सदुपयोग गर्न आग्रह गरिएको छ ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने कार्यमा सबैको सकारात्मक सहयोग र इमान्दार प्रयत्न हुनेमा आयोग विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।

इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र न २ मा रिक्त प्रतिनिधिसभा सदस्य र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा रिक्त प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

- Advertisement -
Ad imageAd image

मतदानका दिन निर्वाचनको स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताको सहज आवागमनका लागि सार्वजनिक यातायात संचालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन भइसकेको आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदान अधिकृत, मतदान कार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमन भइरहेको आयोगले जनाएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
scattered clouds
24° _ 24°
57%
1 km/h
बुध
27 °C
बिहि
27 °C
शुक्र
24 °C
शनि
28 °C
आइत
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ