Ad imageAd image

उमेरले २३ कट्न थाल्यो,परिवार र घरजमको हुटहुटी

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

-अविषेक केसी

यसो सम्झे घरमा वुढा बा आमा,
डगमगिइएको मेरो ज्यान यता तर ध्यान कता कता,
कहिले चल्छ यो मनमा विदेशको हुटहुटी,
कहिले रमाउने उमेरको उमेरको हुटहुटी,
सब भन्दा ठूलो जिम्मेवारीको हुटहुटी
अझै भएन
उमेरले २३ कट्न थाल्यो,
परिवार र घरजमको हुटहुटी
यसो सम्झे घरका बुढा बा आमा
न घाम, न पानी छेक्न नसक्नेले
कसरी सक्दो हो यो मनको जस्तो आँधीवेरी रोक्ने घरको छानो छ
उता छिमेकीको आलिसान जिवन,
यता मेरा विचरा बा आमा
यो मनको आँधीवेरी,
कहिले विदेश त
कहिले आफू लथालिङ्ग त
कहिले घर परिवार लथालिङ्ग
अनि भएको यो राष्ट्र लथालिङ्ग
भष्ट्राचार, बेथिती र बेसंगतीले लथालिङ्ग
फेरि सम्झे सम्झेर के गर्नु,
आफू कि त प्रदेशी
प्रदेशी नभई स्देशी भएनी,
प्रदेश भन्दा बढी शासन क्षेत्रमा विचलित हालत,हामि
कसैले गणतन्त्र ठिक,
कसैले राजतन्त्र ठिक,
कसैले म बन्छु राजा,
कसैले भोको पेट त ,
कसैले ईच्छाईएको मृत्यू दण्ड भन्छ ।
हो हामीलाई राजतन्त्र, गणतन्त्र, भए भरका तन्त्रको खाँचो होईन्,
तिमी ८४ पर्ख, ८८ पर्ख
कोही रेमिट्यान्स पर्ख,
सबै देशको विच्चलित अबस्था पर्ख,
आखिर जुनतन्त्र, जुन साल,जुन दल पर्खेर पनी
देशको हालत हरिकंगाल पर्खिनु सिवाय केही छैन्।
अब त लाजले पनि लाज मान्न छाडी सक्यो,
अनि एक तिर मेरो पाटी, तेरो पाटी
कहिले सड्क आन्दोलन,
कहिले पाटी आन्दोलन
सबै आन्दोलनको एउटै निचोड
भाईभाई लड्यो, भाइ भाइ मार्यो
भएन
ऋण गरि बनाईएका संरचना आन्दोलन
अनि बन्यो देश,
अनि बन्छ देश,
अनि बन्छौँ हामी,
अनि बन्छु म,..

सेयर: 22
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
clear sky
17° _ 17°
72%
1 km/h
बिहि
17 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
23 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ