Ad imageAd image

दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपाली कांग्रेसका सांसद जीवन परियारले संविधानमा उल्लेख गरिए अनुरुप दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद परियारले संविधानको धारा ४० ले दलित समुदायलाई विभिन्न हक, अधिकार दिएको भए पनि त्यसको कार्यान्वयन गर्नमा सरकारले ध्यान नदिएको बताउनुभएको हो ।उहाँले दलित समुदायको हक, अधिकार सुनिश्चित गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले दलित समुदाय ४५ लाखको हाराहारीमा रहेका र त्यसमध्ये ९० प्रतिशत दलितहरु गरिबीको रेखामुनि रहेका भन्दै उनीहरुको पक्षमा सरकारले कुनै कार्यक्रम ल्याउन नसकेको बताउनुभयो ।‘‘संविधानका धारा ४० न सरकारका मन्त्रीहरुले पढ्नुहुन्छ ।

- Advertisement -
Ad imageAd image

न सरकारमा एकजना दलितको मन्त्री छ । म धारा ४० मन्त्रीज्युहरुलाई, सचिवज्यूहरुलाई एकपटक पढेर हेरिदिनुस् । दलितहरुका हक, अधिकारका बारेमा शिक्षा, रोजगारी, आवास, जग्गा, छात्रवृत्ति, स्वास्थ्य सेवा लगायतका धेरै अधिकारहरु त्यहाँ उल्लेख गरेका छन् ।

त्यसको कार्यान्वयन गर्ने कुरामा सरकार अहिलेसम्म ध्यान, दृष्टि जान थालेको छैन ।,’’ सांसद परियारले भन्नुभयो, ‘‘म गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु, दलित समुदाय सन् २०२१ को जनगणना अनुसार १३.८ प्रतिशत छन् ।

४५ लाखको हाराहारीमा छन् । त्यसमध्ये ९० प्रतिशत दलितहरु गरिबीको रेखामुनी छन् । गरिबीको रेखामुनी रहेका दलितहरुको पक्षमा यो सरकारले कुनै कार्यक्रम ल्याउन सकिरहेको छैन । पुनर्स्थापित प्रतिनिधि सभाले जेठ २१ गते छुवाछुतमुक्त राष्ट्र घोषणा ग¥यो । तर त्यसको कार्यान्वयन भएको छैन । त्यसतर्फ सरकारको गम्भीरतापूर्वक ध्यान जाओस् ।’’उहाँले छुवाछुतमुक्त राष्ट्र घोषणा भए पनि कार्यान्वयन हुन नसकेको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
broken clouds
21° _ 21°
64%
8 km/h
मंगल
21 °C
बुध
29 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ