Ad imageAd image

काठमाडौँ महानगर विरुद्ध बाबुराम भट्टराई, रवि लामिछाने लगायत नेताहरू विरोध प्रदर्शनमा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा फुटबल मैदान बनाउने तयारीकोमा विरोध भएको छ । खुल्लामञ्चलाई खेलमैदान बनाउने महानगरको नीतिविरुद्ध स्थानीय बासिन्दा र संरक्षणकर्मी उभिएका छन्।

शुक्रवार पूर्व प्रधामन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेताहरू भीमसेनदास प्रधान, सुमन सायमी, हिसिला यमी, नागरिक अगुवा केदारभक्त माथेमा पत्रकार ऋषि धमला लगायत विरोध प्रदर्शनमा उत्रिए । खुलामञ्च खुला रहन देऊ, पुर्खाको नासो, जनताको हक लगायत नारा लेखिएका पम्पलेट बोकेर उनीहरुले विरोध जनाएका हुन् ।

विरोध कार्यक्रमपछि नेसपाका अध्यक्ष भट्टराईले खुलामञ्चलाई अझै व्यवस्थित गरेर आम जनता र सङ्गठनहरूले जनआवाज खुला रूपले मुखरित गर्न सक्ने सार्वजनिक स्थल बनाउनुपर्ने बताउनुभयो ।

‘खुलामञ्चलाई खुलै रहन दिऊँ। यो पञ्चायत कालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्ब स्थल हो,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मलाई जीवनमा पहिलो पटक २०३६ सालमा यसै मञ्चमा हृषीकेश शाह लगायतका मानव अधिकारवादी नेताहरूसँग उभिएर गणतन्त्रको पक्षमा बोलेको अऱ्झै सम्झना हुन्छ ।’ जीवन्त लोकतन्त्रमा संसद् मात्र हैन सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्त्वपूर्ण थलो हुन्छ भन्ने नभुल्न उनको आग्रह छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
overcast clouds
23° _ 23°
89%
1 km/h
बिहि
23 °C
शुक्र
23 °C
शनि
23 °C
आइत
21 °C
सोम
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ