Ad imageAd image

वैदेशिक रोजगारी ठगी प्रकरणमा फरार बिनु शाक्य कम्बोडियामा पक्राउ, नेपाल ल्याइयो

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं,— वैदेशिक रोजगारीको प्रलोभनमा ४० भन्दा बढी व्यक्तिबाट ५ करोड २ लाख ९४ हजार रुपैयाँ ठगी गरी फरार रहेकी सिन्धुपाल्चोक मान्खा निवासी बिनु शाक्यलाई इन्टरपोलको रेड नोटिसपछि कम्बोडियामा पक्राउ गरी नेपाल ल्याइएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा २०८० माघ १९ गते बिनु शाक्य र उदयपुर त्रियुगा नगरपालिका–१० निवासी सुजन आचार्यविरुद्ध रेड नोटिस जारी गरिएको थियो। उनीहरू दुवैले सिंगापुरमा रोजगारीको प्रलोभन देखाई ठगी गरेका थिए।

इन्टरपोलका सदस्य राष्ट्रहरूलाई पत्राचार गरी अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गर्दा २०८१ असोज १ गते कम्बोडियामा दुवैलाई पक्राउ गरिएको थियो। सुजन आचार्यलाई गत कात्तिक ९ गते नै नेपाल ल्याइएको थियो भने बिनु शाक्यलाई आइतबार नेपाल फिर्ता ल्याई कानूनी कारबाहीका लागि प्रहरी वृत्त कालिमाटीमा बुझाइएको छ।

नेपाल प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने ठगीप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

- Advertisement -
Ad imageAd image

सेयर: 2,962
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
15
+1
0
+1
2
+1
1
+1
1
+1
3
मौसम
27°C
Kathmandu
overcast clouds
27° _ 27°
58%
1 km/h
आइत
27 °C
सोम
29 °C
मंगल
28 °C
बुध
25 °C
बिहि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ