Ad imageAd image

प्रधानमन्त्रीसँग बेलायतका विकासमन्त्रीको भेट

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका बेलायतका विकासमन्त्री एन्ड्रयू मिचेलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय हित, आपसी चासो तथा विकासका विविध आयामबारे छलफल भएको थियो ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले आगामी वैशाखमा नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा लगानीकर्तालाई नेपालमा पठाउन सहयोग गर्न आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले द्विपक्षीय संयन्त्रको वार्ताबाट बेलायती गोर्खा सैनिकको माग सम्बोधन हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा यसले सकारात्मक नतिजा दिने बताउनुभयो । आजै नेपाल र बेलायतबीच ‘ग्रीन ग्रोथ नेपाल’ र ‘नेपाल इन बिजनेस’ सम्बन्धी सम्झौता भएको छ ।

यसै क्रममा बेलायतका विकासमन्त्री मिचेलले नेपालको सामाजिक–आर्थिक विकासका लागि बेलायतले थप सहयोग गर्ने र जलवायु परिवर्तनका मुद्दामा सघन सहकार्य गर्न बताउनुभयो । भेटका बेला प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटा, नेपालका लागि बेलायती राजदूत रोव फिन, परराष्ट्र मन्त्रालयलगायत दुवै देशका उच्च अधिकारीको सहभागिता थियो ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
56%
2 km/h
शनि
32 °C
आइत
33 °C
सोम
30 °C
मंगल
29 °C
बुध
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ