Ad imageAd image

शुक्रबारसम्ममा किसानले पाउने उखुको समर्थन मूल्य सार्वजनिक हुने

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भोलि(शुक्रबार)सम्ममा किसानको उखुको समर्थन मूल्य बाहिर सार्वजनिक हुने जानकारी दिएका छन् ।


बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्र्तगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा भएको छलफलमा उनले उखुको विषयलाई मन्त्रीपरिषद्मा प्रस्ताव गरिसकेको भन्दै भोलीसम्ममा किसानको उखुको समर्थन मूल्य सार्वजनिक हुने जानकारी दिएका हुन् ।


उनले भने,‘उखुको विषयलाई हामीले आज मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छौं । मलाई लाग्छ भोलिसम्ममा किसानको उखुको समर्थन मूल्य बाहिर सार्वजनिक हुन्छ । हामीलाई थाहा छ किसानहरु ज्यादै मर्कामा परेका छन् । किसानको राज्यले दिनुपर्ने मूल्य असोज महिनामा नै पठाइसक्यौं । सम्भव भएसम्म हामी यही वर्ष र नभए अर्को वर्ष यही समयसम्म उपलब्ध गराउने ढंगबाट मन्त्रालय काम कारबाही गरिरहेको छ ।’


मन्त्री अधिकारीले दुग्ध विकास संस्थानलाई सुधार गर्ने दिशामा मन्त्रालय लागेको पनि बताए । मन्त्रालयको तर्फबाट समिति बनाएर प्रारम्भिक सञ्चालन गर्ने खाका सम्म तयार पारेको उनले जानकारी दिए ।

- Advertisement -
Ad imageAd image


उनले भने,‘हामी दुग्ध विकास संस्थानलाई सुधार गर्ने दिशामा लागेका छौं । र मन्त्रालयको तर्फबाट एउटा समिति बनाएर प्रारम्भिक कुन ढंगबाट सञ्चालन गर्न सकिन्छ भनेर प्रारम्भिक खाका पनि हामीले तयार पारेको छौं ।’


उनले कृषि ऐन निर्माणको सन्दर्भमा कानुन मन्त्रालयबाट केही थप गर्नुपर्ने कारण मन्त्रालयलाई नै फर्काएको जानकारी गराए ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
few clouds
13° _ 13°
85%
1 km/h
आइत
26 °C
सोम
24 °C
मंगल
24 °C
बुध
24 °C
बिहि
23 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ