Ad imageAd image

६९ औं प्रहरी दिवस मनाइँदै, प्रधान कार्यालय परिसर सिंगारियो

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल प्रहरीले ६९ औं प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइदैँ छ । देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

दिवसमा अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा गृहमन्त्री रमेश लेखकको आतिथ्यतामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरियो । सो अवसरमा गृहमन्त्रीले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरे ।

प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ । प्रहरी महानिरीक्षण बसन्त बहादुर कुँवरले एक शुभकामना सन्देश जारी गर्दै विगतका वर्षहरूमा भए गरेका कार्य सम्पादनको सिंहावलोकन गरी भएका त्रुटिहरूलाई सच्याउँदै असल अभ्यासलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

विगतका दिनहरूमा भातृत्वभावको विकास गर्दै कानूनको परिपालना तथा कार्यान्वयन गर्ने कार्यमा दृढ संकल्पित रहँदै निर्दिष्ट जिम्मेवारी अझ प्रभावकारी, जवाफदेही र सशक्त ढंगबाट उच्च मनोबलका साथ निर्वाह गर्न महानिरीक्षक कुँवरले विश्वास व्यक्त गरेका छन् ।

- Advertisement -
Ad imageAd image

‘प्रहरी दिवसको यस घडीमा राष्ट्र र नागरिकका सेवाका खातिर प्राण उत्सर्ग गर्नुहुने नेपाल प्रहरीका वीर एवम् अमर प्रहरीका साहसिक र बलिदानी गौरवगाथाको उच्च कदर गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण एवम् अमर आत्माहरूको चीर शान्तिको कामना गर्दछु,’कुँवरले सन्देशमा भनेका छन् ।

उनले समाजमा देखा परेका नवीनतम् चुनौतीहरूलाई निस्तेज तथा सफलतापूर्वक परास्त गर्ने सामर्थ्य सकारात्मक सोचबाट लक्षित प्रहरीबाट मात्र सम्भव हुने हुँदा कानूनी सर्वोच्चता सहितको आफ्नो जिम्मेवारी निर्वाह ईमान्दारिताका साथ बहन गर्नका लागि प्रतिबद्ध हुन समेत आग्रह गरेका छन् ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
broken clouds
29° _ 29°
58%
5 km/h
बिहि
29 °C
शुक्र
32 °C
शनि
33 °C
आइत
31 °C
सोम
30 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ