सरकारले स्वतन्त्र प्रेसमाथि अङ्कुश लगाउँदैन : मुख्यमन्त्री पाण्डे

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले स्वतन्त्र प्रेसमाथि अङ्कुश नलगाउने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित ‘सञ्चारकर्मीका अधिकार, चुनौती र समस्या विषयक’ अन्तरक्रियाका अवसरमा प्रदेश सरकारले आमसञ्चार विधेयक ल्याउने तयारी गरिरहेको जानकारी दिनुहुँदै मुख्यमन्त्री पाण्डेले उक्त विधेयक सञ्चारमैत्री हुने दाबी गर्नुभयो ।

सङ्घीय लोकतान्त्रिक व्यवस्थामाथि आक्रमण भइरहेको हुँदा यसलाई जोगाउने दायित्व सञ्चारकर्मीको पनि भएको उहाँले बताउनुभयो । प्रदेशलाई अधिकार दिन सङ्घ सरकारले ढिलाइ गर्दा सङ्घीय गणतन्त्रमाथि प्रश्न उठ्न थालेको उहाँको भनाई थियो । उहाँले सङ्घीय कानुन बन्न नसक्दा राजावादीहरूले राष्ट्रिय राजनीतिमा चलखेल गर्न बाटो पाएको बताउनुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले सञ्चारकर्मीलाई स्वतन्त्र र निर्बाध रुपमा सूचना प्रवाह गर्ने वातावरण सरकारले बनाइदिनुपर्नेमा जोड दिनुभयो । समाचार सम्प्रेषण गरेकै भरमा सञ्चारकर्मीमाथि आक्रमण हुन नहुने उहाँको भनाइ थियो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
few clouds
29° _ 29°
15%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
32 °C
सोम
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ