Ad imageAd image

अपाङ्गता भएका व्यक्तिको माग पूरा गर्न कांग्रेसको आग्रह

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, नेपाली कांग्रेसले पूर्णअशक्त अपाङ्गता भएका व्यक्तिको अधिकारको माग गर्दै रत्नपार्कमा जारी आन्दोलनका माग पूरा गर्न सरकारसँग माग गरेको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा अधिकारकर्मी दीपक भण्डारीको नेतृत्वमा विगत दुई हप्तादेखि भइरहेको अनसनका माग सम्बोधन र प्रहरीबाट भएको धरपकड रोक्न आग्रह गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण आन्दोलनमा प्रहरीले धरपकड गर्दा संयोजक विकास थापालगायत करिब दुई दर्जन अपाङ्गता भएका व्यक्ति पक्राउ परेका उल्लेख गर्दै त्यसमा पार्टीको प्रहरीलाई आन्दोलनको सम्मान गर्न नेपाली कांग्रेस आग्रह गर्दछ ।

विगत केही महिनाअघि भण्डारीसहित अपाङ्गता भएका व्यक्तिले गरेको आन्दोलनपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सहमति गरिसकेको सहयोगी तथा सामुदायिक सेवासम्बन्धी व्यवस्था कार्यान्वयनको माग गर्दै विगत दुई हप्तादेखि पुनः अनशनमा रहेका कारण स्वास्थ्य अवस्थामा समेत जोखिम बढिरहेकाले त्यसतर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।”

- Advertisement -
Ad imageAd image
सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
thunderstorm with drizzle
19° _ 19°
100%
3 km/h
आइत
18 °C
सोम
29 °C
मंगल
28 °C
बुध
27 °C
बिहि
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ