Ad imageAd image

मगर संस्कृति संरक्षणका लागि मगर सङ्ग्रहालय निर्माण

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

नवलपरासी : मगर संस्कृति संरक्षणका लागि नवलपुरको देवचुलीमा सङ्ग्रहालय निर्माण गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१० पृथ्वीनगरमा मगर सङ्ग्रहालय निर्माण गरिएको हो । मगर समुदायको मौलिक कला संस्कृति नै लोप हुनेगरी देखिएको आधुनिकताले मगर पहिचान गुम्न थालेको भन्दै सङ्ग्रहालय निर्माण गरिएको मगर सङ्ग्रहालयका अध्यक्ष भुवनसिं आलेले बताउनुभयो । सङ्ग्रहालयमा मगर समुदायको कला, संस्कृति, रहनसहन र भेषभूषालाई संरक्षण गरिने अध्यक्ष मगरले बताउनुभयो ।

मगर समुदायका पुराना कला, संस्कृति, भेषभूषाका विषयमा नयाँ पुस्ताले जानकारी हासिल गर्न सकुन् भन्ने उद्देश्यसमेत रहेको उहाँले बताउनुभयो ।

“मगर समुदायका विविध परम्परागत संस्कृति, भेषभूषा, रहनसहन छन्, यो हराउँदै जानेको हो कि भन्ने चिन्ताले संरक्षणमा सहयोग पुर्याउन सङ्ग्रहालय निर्माण गरेका हौँ”, सङ्ग्रहालयका अध्यक्ष मगरले भन्नुभयो, “नयाँ पुस्तालाई संस्कृति, रहनसहन, भेषभूषा हस्तान्तरणमा समेत सहयोग पुग्ने विश्वास छ ।” मगर समुदायले प्रयोग गर्ने भाँडा, लत्ताकपडा, बाजागाजा र जीविकासँग सम्बन्धित सामग्री सङ्ग्रहालयमा राखिएका छन् ।

मगर सङ्ग्रहालयमा राखिएका सामग्री आम सर्वसाधारणले समेत अवलोकन गर्न सक्नेछन् । देवचुली नगरपालिका, वडा र स्थानीयको सहयोगमा सङ्ग्रहालय बनाइएको हो ।

- Advertisement -
Ad imageAd image

मगर सङ्ग्रहालय निर्माणका लागि करिब रु २२ लाखको लागतमा घुमाउने घर निर्माण गरिएको छ । सङ्ग्रहालयको फागुन १५ गते उद्घाटन गर्ने तयारी गरिएको सङ्ग्रहालयका सचिव गनबहादुर रानाले बताउनुभयो । पर्यटन प्रवर्द्धनका लागि समेत मगर सङ्ग्रहालय सहयोगी हुने देवचुली नगरपालिका–१० का वडाध्यक्ष रेप्तीकुमार घर्तीमगरको विश्वास छ ।

मगर समुदायका संस्कृति, भेषभूषा अवलोकनका लागि पर्यटक आउने हुँदा पर्यटकीय केन्द्र साथै मगर समुदायको संस्कृति, रहनसहन अध्ययनका लागि केन्द्रका रूपमा समेत सङ्ग्रहालयलाई विकास गर्न सकिने उहाँले बताउनुभयो । “हिजोआज विभिन्न समुदायका संस्कृति, रहनसहन, भेषभूषासमेत पर्यटकको आकर्षण बन्ने गरेको छ, सङ्ग्रहालयलाई सोहीअनुसार पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिन्छ, पर्यटन प्रवर्द्धनमा यसले सहयोग पुग्ने विश्वास छ”, अध्यक्ष मगरले भन्नुभयो । हिजोआज पुराना घुमाउने घरसमेत लोप हुँदै जान थालेकामा यहाँ निर्माण गरिएको घुमाउने घरसमेत आकर्षणको केन्द्र बन्ने उहाँले बताउनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
clear sky
19° _ 19°
26%
2 km/h
बिहि
33 °C
शुक्र
33 °C
शनि
33 °C
आइत
32 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ