Ad imageAd image

शिक्षा विधेयकमाथि सरोकारवालासँग परामर्श जारी

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षा विधेयकमाथि सरोकारवालाहरूसँग सुझाव लिने क्रम आज मदरसा, गुम्बा, विहार, मुन्धुम र विशेष शिक्षासँग सम्बन्धित प्रतिनिधिहरूसँग सुझाव लिएको छ । 

समितिको आज संसद् सचिवालयमा बसेको  बैठकमा मुन्धुम शिक्षाका अभियान्ता अमर  लिम्बुले शिक्षा विधेयकमा मातृभाषाको शिक्षकको व्यवस्था गर्न सुझाव दिनुभयो । 

त्यसैगरी मदरसा शिक्षाका प्रतिनिधि मोहमद् मिजमुद्दिनले मदरसामा मुस्लिम समुदायकै प्रधानाध्यापकको व्यवस्था हुने प्रावधान विधेयकमा गरिनुपर्नेमा जोड दिनुभयो भने  नेपाल बौद्ध महासङ्घका प्रतिनिधि कमल भण्डारीले परम्परागत शिक्षालाई व्यवस्थापन गर्न एक छुट्टै बोर्ड गठनको व्यवस्था विधेयकमा समेट्न सुझाव दिनुभयो । 

बैठकमा विशेष शिक्षा परिषद्का शिक्षक प्रतिनिधि अनिल अम्गाइले हाल विशेष कक्षा सञ्चालनमा संलग्न १७२ शिक्षक र १०८ जना विद्यालय कर्मचारीलाई एक पटकका लागि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गर्न समितिलाई सुझाव दिनुभयो । 

- Advertisement -
Ad imageAd image
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
scattered clouds
18° _ 18°
100%
1 km/h
मंगल
30 °C
बुध
29 °C
बिहि
26 °C
शुक्र
22 °C
शनि
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ