Ad imageAd image

असिष्टेन्ट सबइन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको चन्द्रागिरि नगरपालिका–१४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सबइन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले असिष्टेन्ट सबइन्जिनियर विजय लक्ष्मी पन्तविरुद्ध आज (आइतबार) विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिनुभयो ।

भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियारको टोली पन्तलाई सेवाग्राहीबाट २५ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

पन्तविरुद्ध २५ हजार रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको सहायक प्रवक्ता थपलियाले जानकारी दिनुभयो ।

- Advertisement -
Ad imageAd image
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
broken clouds
21° _ 21°
64%
1 km/h
शनि
20 °C
आइत
19 °C
सोम
22 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ