Ad imageAd image

गोदावरी नगरपालिकाका तत्कालीन नगर प्रमुख महर्जनसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका तत्कालीन नगर प्रमुख गजेन्द्र महर्जनसहित नौ जनाविरुद्ध २६ करोड ६३ लाख ३७ हजार ३९८ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष २०७९–८० मा खानीजन्य साधारण निर्माणमुखी खनिज पदार्थको बोलपत्र आव्हान एवम् ठेक्का सम्झौता गरी गोदावरी नगरपालिकाले राजस्व निर्धारण गर्दा नेपालको संविधान, संघीय ऐन, बागमती प्रदेश ऐन, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ समेतको प्रचलित कानुनलाई बेवास्ता गरी राजस्व दर हेरफेर गरी ठेक्का सम्झौता गर्दा सो रकम राजस्व चुहावट गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुरजन्य काम गरेको पुष्टि भएको छ ।

महर्जनसहित तत्कालीन नगर उपप्रमुख मुना अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रविन कोइराला, राजस्व शाखा प्रमुख तथा राजस्व परामर्श समिति सदस्य श्रीकण्ठ घिमिरे, कर्मा कन्स्ट्रक्सन र सोको सञ्चालक रवि महर्जन निराकार ढुङ्गा रोडा उद्योग प्रालि. र सोको सञ्चालक मधुसुदन डोटेल, मछिन्द्रनाथ मल्टीप्रपोज प्रालिका सञ्चालक केदारनाथ तिमल्सेना, सजिलो रोडा ढुङ्गा उद्योग प्रालिका सञ्चालक शशिराज शाही, वीरेन्द्र महर्जन ढुङ्गा उद्योग प्रालिका सञ्चालक वीरेन्द्र महर्जनविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिइएको आयोगले जनाएको छ ।उनीहरुविरुद्ध आर्थिक वर्ष २०७८–७९ मा २० करोड ४९ लाख ५३ हजार ७५० रुपियाँ भ्रष्टाचार गरेको आरोप लागेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, आर्थिक वर्ष २०७७–७८ मा १८ करोड ६३ लाख २१ हजार ५८९, आर्थिक वर्ष २०७६–७७ मा २१ करोड २१ लाख ९७ हजार ५० रुपियाँ र आर्थिक वर्ष २०७५–७६ मा १७ करोड ८९ लाख ३५ हजार पाँचसय भ्रष्टाचार गरेको आरोप लागेको आयोगले जनाएको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
thunderstorm
21° _ 21°
73%
2 km/h
बिहि
26 °C
शुक्र
23 °C
शनि
29 °C
आइत
29 °C
सोम
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ