Ad imageAd image

उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबीच शिष्टाचार भेट

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ, : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच शुभकामना आदानप्रदानपश्चात् दुई मुलुकबीचको सम्बन्ध, विकास सहायता, व्यापार र साझा चासोलगायत विषयमा छलफल भयो ।

उपराष्ट्रपति यादवले सन् १९४७ मा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता सुमधुर सम्बन्ध रही आएको बताउनुभयो । “हाम्रो सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित छ”, उहाँले भन्नुभयो, “लोकतन्त्र, मानवअधिकार, स्वतन्त्रता हामी दुई मुलुकका साझा मूल्यमान्यता हुन् ।”

उहाँले सन् १९५१ देखि अमेरिकी सरकारले नेपाललाई विकास सहायता उपलब्ध गराउँदै आएको कुरा उल्लेखनीय रहेको बताउनुभयो । “नेपालको विकासमा अमेरिकी सहयोगको नेपालले उच्च कदर गर्दछ”, उहाँले भन्नुभयो, “अमेरिकासँगको सम्बन्धलाई नेपालले सदा उच्च महत्वका साथ हेर्ने गरेको छ ।”

उपराष्ट्रपति यादवले नेपालको संसद्ले एमसिसी अनुमोदन गरेपछि नेपालको पूर्वाधार विकासमा अमेरिकी सहयोगको सुनिश्चितता अझ बढेको बताउनुभयो । “नेपाल अतिकम विकसित मुलुकबाट विकाशील मुलुकमा स्तरोन्नतिको प्रक्रियामा रहँदा अमेरिकीलगायतका विकास साझेदारबाट निरन्तर सहयोग प्राप्त हुनेमा हामी आशावादी छौँ”, उहाँले भन्नुभयो, “नेपालको व्यापार तथा वाणिज्य प्रवद्र्धनका लागि प्राप्त अमेरिकी सहयोगका लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।”

- Advertisement -
Ad imageAd image

उपराष्ट्रपति यादवले नेपालको आर्थिक–सामाजिक विकास तथा लोकतन्त्रको सुदृढीकरणमा अमेरिकाले गरेको सहयोगका लागि राजदूतमार्फत अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । “अमेरिकाबाट प्राप्त विकास सहायताले स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार, कृषि र वातावरणलगायत विभिन्न क्षेत्रमा योगदान पु¥याएको छ”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय मञ्चहरुमा पनि अमेरिका र नेपालले मानवकल्याणसँग सम्बन्ध राख्ने साझा चासोका विषयमा सहकार्य गर्दै आएकामा खुसी लागेको छ ।”

भेटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले अमेरिकाले नेपालसँग बलियो सम्बन्ध बनाउन चाहेको बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घको चार्टरलाई नेपालले समर्थन गर्नु सकारात्मक रहेको उल्लेख गर्दै नेपालमा एमसिसी परियोजना राम्रोसँग सञ्चालन भइरहेकामा खुसी व्यक्त गर्नुभयो । “नेपाल एउटा शान्तिप्रिय देश हो । नेपालले रक्षाका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घ शान्ति मिसनमा सयौँ देशमा राम्रो नेतृत्व गरेकामा सराहना गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
thunderstorm with drizzle
23° _ 23°
53%
4 km/h
आइत
22 °C
सोम
25 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ