काठमाडौं, । समाचारको विषयलाई लिएर थाइल्यान्ड नेपाल डटकमका सम्वादातामाथि ज्यान मार्ने धम्की दिएको भन्दै प्रेस चौतारी नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ । प्रेस चौतारी रुकुमका सदस्य समेत रहेका लोकेन्द्र ओली माथि एनआरएन थाइल्याण्डका उपाध्यक्ष राम गौतमले अपशब्द प्रयोग गर्नुकासाथै ज्यान मार्ने धम्की दिएको भन्दै चौतारीले गम्भीर ध्यानाकर्षण जनाएको हो ।
चौतारीका केन्द्रीय महासचिब हिरामान लामाले मंगलबार एक विज्ञप्ति जारी गरि थाइल्यान्डमा रहेका नेपालीहरु नै नेटवर्किङ्जस्तो गैरकानुनी ब्यबसायमा संलग्न भएको कुरा समाचार आएपछि ओलीमाथि ज्यान मार्ने धम्की दिनु प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षप रहेको बताउनुभयो ।
श्रमजीवि र सक्रिय पत्रकार माथि आईपरेको संकटमा मुकदर्शक नभई शसक्त आवाज उठाउन पेशागत संघसंगठनलाई अपिल समेत गरेको छ । थाइल्याण्ड नेपालले प्रतिस्ठित नेपालीहरु नै नेटवर्किङ जस्तो गैरकानुनी ब्यबसायमा संलग्न भएको, त्यसको प्रचारप्रसार गरेको जस्ता बिभिन्न प्रमाणहरुसहित समाचार प्रकाशन गरेको थियो ।
यस विषयमा ज्यान मार्ने धम्की दिएपछि उक्त अनलाईनका सञ्चालक तथा सम्पादक नविन्द्र केसीले पनि आईतबार विज्ञप्ति जारी गरि गम्भीर ध्यानाकर्षण गराउनुभएको थियो ।
