Ad imageAd image

थाइल्यान्ड नेपालका सम्वादातामाथि ज्यान मार्ने धम्की, प्रेस चौतारीद्वारा ध्यानाकर्षण

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं, । समाचारको विषयलाई लिएर थाइल्यान्ड नेपाल डटकमका सम्वादातामाथि ज्यान मार्ने धम्की दिएको भन्दै प्रेस चौतारी नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ । प्रेस चौतारी रुकुमका सदस्य समेत रहेका लोकेन्द्र ओली माथि एनआरएन थाइल्याण्डका उपाध्यक्ष राम गौतमले अपशब्द प्रयोग गर्नुकासाथै ज्यान मार्ने धम्की दिएको भन्दै चौतारीले गम्भीर ध्यानाकर्षण जनाएको हो ।

चौतारीका केन्द्रीय महासचिब हिरामान लामाले मंगलबार एक विज्ञप्ति जारी गरि थाइल्यान्डमा रहेका नेपालीहरु नै नेटवर्किङ्जस्तो गैरकानुनी ब्यबसायमा संलग्न भएको कुरा समाचार आएपछि ओलीमाथि ज्यान मार्ने धम्की दिनु प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षप रहेको बताउनुभयो ।

श्रमजीवि र सक्रिय पत्रकार माथि आईपरेको संकटमा मुकदर्शक नभई शसक्त आवाज उठाउन पेशागत संघसंगठनलाई अपिल समेत गरेको छ । थाइल्याण्ड नेपालले प्रतिस्ठित नेपालीहरु नै नेटवर्किङ जस्तो गैरकानुनी ब्यबसायमा संलग्न भएको, त्यसको प्रचारप्रसार गरेको जस्ता बिभिन्न प्रमाणहरुसहित समाचार प्रकाशन गरेको थियो ।

- Advertisement -
Ad imageAd image

यस विषयमा ज्यान मार्ने धम्की दिएपछि उक्त अनलाईनका सञ्चालक तथा सम्पादक नविन्द्र केसीले पनि आईतबार विज्ञप्ति जारी गरि गम्भीर ध्यानाकर्षण गराउनुभएको थियो ।

सेयर: 1,271
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
0
+1
0
+1
1
+1
1
+1
1
मौसम
21°C
Kathmandu
broken clouds
21° _ 21°
64%
1 km/h
शनि
20 °C
आइत
19 °C
सोम
22 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ