Ad imageAd image

सरकारविरुद्ध सेयरधनीहरुको प्रदर्शन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ। पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै सेयरधनीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन्।

पुँजी बजार सङ्घर्ष समितिको आह्वानमा शनिबार काठमाडौंको माइतीघर मण्डलामा पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षा गर्न सरकारसँग माग गर्दै प्रदर्शन गरिएको हो।

पुँजी बजारमा खर्बौँको स्वदेशी लगानी डुबीराख्दा पनि सरकारले वास्ता नगरेकाले त्यसको विरोधमा सङ्घर्ष गर्नुपरेको नेपाल सेयर धनी संघका महासचिव सुरक्षा खडकाले बताए। उनले स्वदेशी लगानीकर्ताहरु मारमा परेका बेला सरकारले नेपालमा लगानी सम्मेलन आयोजना गरेर हास्यास्पद काम गरेको जिकिर पनि गरे।

उनीहरुले पुँजी बजार सुधारका लागि आवश्यक नीति, नियम, प्रविधि, पूर्वाधारको तत्काल व्यवस्था गर्न पनि सरकारलाई दबाब दिएका छन्। पुँजी बजारमा स्वदेशीलगानीकर्ताहरुको उद्धार गर्न सरकारलाई दबाब दिन सडक सङ्घर्ष पुनः सुरु परेको अर्को सेयर धनी तिलक कोइरालाले बताए।

- Advertisement -
Ad imageAd image

प्रदर्शनीको क्रममा उनीहरुले स्वदेशी लगानीको सुरक्षा गर्न दबाब दिने खालको प्लेकार्डहरु पनि प्रदर्शन गरेका थिए।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
light rain
24° _ 24°
48%
2 km/h
बिहि
24 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ