Ad imageAd image

नेसपा (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँः नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि उनका प्रमुख प्रतिस्पर्धी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराईले विजय प्राप्त गरेका हुन्।

पार्टीकी नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले डा.भट्टराईको अध्यक्षमा निर्वाचित हुने जानकारी दिएका छन्। उनले अध्यक्षको चुनाव परिणामको औपचारिक घोषणा पत्रकार सम्मेलनमार्फत हुने बताइन्। पत्रकार सम्मेलन साँझ ५ बजेको समय राखिएको छ।

यो पत्रकार सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा आयोजना गरिएको हो। उक्त कार्यक्रममा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रम पनि समावेश हुनेछ। साथै, डा. बाबुराम भट्टराईले विशेष सम्बोधन पनि गर्नेछन्।

- Advertisement -
Ad imageAd image

यो चुनावी परिणामले नेपाल समाजवादी पार्टीको नेतृत्वमा नयाँ दिशामा अघि बढ्ने संकेत गरेको छ, र आगामी दिनमा पार्टीको आन्तरिक एकता र राजनीतिक सक्रियता थप बढ्न सक्ने आशा गरिएको छ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
overcast clouds
26° _ 26°
65%
1 km/h
शनि
25 °C
आइत
30 °C
सोम
28 °C
मंगल
25 °C
बुध
26 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ