Ad imageAd image

ललितपुर मेयर्स कप क्रिकेट : एपिएफ फाइनलमा प्रवेश

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ, ललितपुर मेयरर्स कप क्रिकेट–२०८१ अन्तर्गत आज भएको खेलमा शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब आयोजक ललितपुर मेयर्स–११ लाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरलाई आठ विकेटले पराजित गर्दै एफिएफ एक खेल अगावै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

एपिएफले तीन खेलमा छ अङ्क बटुलेको छ । त्यस्तै सुदूरपश्चिमले दुई खेलमा चार अङ्क रहेको छ । यता ललितपुरको तीन खेलमा दुई अङ्क रहेको छ भने समान दुई/दुई खेल खेलेका कोशी प्रदेश र बागमती प्रदेश अङ्कविहीन छन् । आजको खेलमा ललितपुरले दिएको ७२ रनको लक्ष्य एपिएफले नौ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउदै पूरा गर्यो ।

एपिएफका लागि कप्तान सीता रानामगरले सर्वाधिक ५० रनको योगदान दिइन । उनले ३५ बलमा आठ चौकासहित ५० रन बनाएकी हुन् । त्यस्तै ममता चौधरीले २१ बलमा एक चौकासहित १६ रन बनाइन् भने इन्दु बर्मा र रोमा थापा समान एक ÷एक रनमा अविजित रहे ।

- Advertisement -
Ad imageAd image

ललितपुरका लागि कृतिका मरासिनीले दुई विकेट लिइन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ७१ रनको योगफल बनाएको थियो । कप्तान पुजा महतोले सर्वाधिक २४ रन बनाइन । उनले ३९ बलमा एक चौकासहित २४ रन बनाइन् ।

त्यस्तै ज्योत्स्निका मरासिनीले ३९ बलमा १ चौका नै प्रहार गर्दै २१ रन जोडिन् । एपिएफका लागि रेखा रावल र कप्तान सीता रानामगरले समान एक /एक विकेट लिए । विभिन्न पाँच टोली सहभागी उक्त प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुँदैछ । लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
scattered clouds
24° _ 24°
64%
7 km/h
सोम
24 °C
मंगल
27 °C
बुध
27 °C
बिहि
25 °C
शुक्र
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ