Ad imageAd image

पन्ध्र वर्षपछि जैमिनी–बरेङ–शान्तिपुर सडक कालोपत्र हुँदै

संवाददाता
4 मिनेटमा पढ्न सकिने
4 मिनेटमा पढ्न सकिने

ढोरपाटन (बागलुङ), : दक्षिण बागलुङको कुश्मिसेरा–बरेङ–शान्तिपुर सडकको ‘ट्र्याक’ खुलेको १५ वर्ष भयो । २०६५ सालमा ट्र्याक खुलेको यस सडकको चार वर्षअगाडि कालोपत्रका लागि सम्झौता भएको थियो । दुई खण्डमा विभाजन गरेर अहिले काम भइरहेको छ ।

पहिलो खण्डअन्तर्गत कुश्मिसेराबजारदेखि राङ्खानीसम्मको १० किलोमिटर शर्मा क्याराभान जेभी २०७६ असोज २८ गते र कुश्मिसेरादेखि बरेङसम्मको दोस्रो खण्ड रौताहा खानी धुलिखेल जेभीले २०७८ असार ३० गते सम्झौता गरेको थियो । पहिलो खण्ड निर्माणको जिम्मा पाएको शर्मा क्याराभान जेभीले तीनपटक म्याद थप्दा पनि कालोपत्र गर्न सकेको छैन । लामो समयदेखि सडक कालोपत्र नहुँदा हिलो र धुलोले सडक वरपरका स्थानीय आजित भएका छन्भने यात्रुले सास्ती खेप्दै आएका छन् ।

विसं २०७८ मा सक्ने गरी जिम्मा पाए पनि निर्माण कम्पनीले हालसम्म ६२ प्रतिशत मात्रै काम गरेको छ । २४ करोड ५८ लाख लागतमा यस खण्ड कालोपत्र गर्न थालिएको हो । दुई वर्षअगाडि नै सक्नुपर्ने सडकको काम अझै ३८ प्रतिशत बाँकी रहेको पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर प्रकाश श्रीसले जानकारी दिनुभयो । दश किलोमिटर पर्ने यस खण्डमा अहिले बल्ल कालेपत्र गर्नका लागि ‘बेस’को काम गरिरहेको उहाँ बताउनुहुन्छ । यसको म्याद असार मसान्तसम्म रहेको उहाँको भनाइ छ । पर्याप्त कामदार लगाए मात्रै असारसम्म काम सम्पन्न गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

दोस्रो खण्ड बरेङसम्म ११ किलोमिटर पर्छ । यस खण्डको हालसम्म करिब सात किलोमिटर ढलान र कालोपत्र भएको इन्जिनियर श्रीले जानकारी दिनुभयो । विसं २०७८ असार ३० गते सम्झौता गरी गत असार मसान्तसम्म पुग्नुपर्ने भए पनि अझै चार किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको उहाँले बताउनुभयो । असार मसान्तमै म्याद सकिए पनि अहिलेसम्म म्याद थप भएको छैन । निर्माण कम्पनीले सडकमा कामदार खटाएको हुँदा म्याद थप गर्ने प्रक्रियामा रहेको श्रीसको भनाइ छ । यस खण्ड ३४ करोड २५ लाखमा कालोपत्र गर्न थालिएको हो ।

- Advertisement -
Ad imageAd image

“पहिलो खण्डको काम अझै धेरै बाँकी छ, तेस्रो पटक म्याद थप भएको हुँदा निर्माण कम्पनीले अहिले जसरी पनि सक्नुपर्ने हुन्छ, हालसम्म ६२ प्रतिशत काम भएको, असार मसान्तसम्म म्याद रहेको छ,” इन्जिनियर श्रीसले भन्नुभयो, “दोस्रो खण्डको केही काम मात्र बाँकी छ, धेरै जसो सम्पन्न भएको छ, सरासर ग¥यो भने चैत मसान्तसम्म सकिने छ, अहिले काम गरिरहेको हुँदा म्याद थप्ने प्रक्रिया अगाडि बढेको छ, चालु वर्षको अन्त्यसम्म दुवै खण्डका निर्माण कम्पनीले काम सकाउनुपर्ने हुन्छ ।” जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले यस सडक स्तरोन्नतिपछि दक्षिण बागलुङका नागरिक जिल्ला सदरमुकाम पुग्न सहज हुनाका साथै छिमेकी जिल्लासँगको सम्बन्ध थप बलियो हुने बताउनुभयो ।

सडकलाई समयमै सम्पन्न गर्नका लागि निर्माण कम्पनीलाई सघाउँदै आए पनि ढिलाइ गरेको उहाँको भनाइ छ । अहिले कामदार ‘फिल्ड’ मा खटाएको हुँदा यस वर्ष काम सकिने आशा पलाएको शर्माले बताउनुभयो । सडक कालोपत्रले घण्टौँका यात्रालाई छोट्याउने र यात्रालाई सहज बताउने उहाँले बताउनुभयो । उपप्रमुख शर्माले भन्नुभयो, “सडक खुलेको धेरै वर्ष भयो, विभिन्न कारणले अहिलेसम्म कालोपत्र हुन सकेको छैन, तर यस वर्ष काम सकिनेमा हामीहरु आशावादी छौँ, यो धेरै महत्वपूर्ण सडक भएको हुँदा छिटो काम सक्नका लागि हामीहरुले धेरै आग्रह ग¥यौँ, अहिले केही गति लिएको छ, सडक कालोपत्रपछि जैमिनी र बरेङसँगै गुल्मीसम्मका नागरिकलाई आवतवाजतका निकै सहज हुनेछ, अघिल्लो वर्ष माथिल्लो खण्डमा धेरै काम भएको थियो, तल्लो खण्डमा काम सुस्त छ, यो सडक यहाँको समृद्धका लागि कोसेढुङ्गा साबित हुनेछ ।”

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
few clouds
27° _ 27°
54%
1 km/h
शुक्र
30 °C
शनि
31 °C
आइत
30 °C
सोम
28 °C
मंगल
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ