Ad imageAd image

प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता: चौरजहारी नगरपालिका -७ प्रथम स्थान हासिल गर्न सफल

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा संचालित प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाको चौरजहारी नगरपालिकामा पर्ने सबैभन्दा उच्च स्थान वडा न. १२ को पातिहाल्न स्थित क्रीकेट खेल मैदानमा संचालित प्रथम वडा अध्यक्ष कप मंगलबार सम्पन्न भएको हो ।

नयाँ बर्षको अवसर पारी नगरपालिका १२ को लेखबेसी युवा क्लबले आयोजना गरेको कपमा चौरजहारी नगरपालिका वडा न. सात पहिलो, आयोजक ए दोस्रो र चौरजहारी ६ तेस्रो भएका हुन । कपमा १४ वटा समुहले आफ्नो टिम दर्ता गराएकोमा मुसिकोट नगरपालिका बाट दुइवटा टिम सानिभेरी गाउँपालिका बाट चार र चौरजहारी नगरपालिका बाट आठ गरि १४ समूहले आफ्नो टिम दर्ता गराएको थियो ।

मंगलबार दिउँसो आयोजक समितिले एक समापन कार्यक्रम गरि प्रथम, द्दितिय, र तितिय प्रतियोगि समुहलाइ पुरस्कार वितरण गरेको हो । जसमा प्रथम पुरस्कार पचास हजार, दितिय पुरस्कार चालीस हजार र तितिय पुरस्कार तीस हजार रहेको थियो ।

यसका साथै कार्यक्रममा खेल मैदान निर्माण गर्नका लागि जग्गा दान गर्ने डाङ्गी परिवारका पाच भाइलाई लेखबेसी युवा क्लबले सम्मान गरेको हो । जसमा महाबिर डाङ्गी, प्रेमबहादुर डाङ्गी, गुम बहादुर डाङ्गी, दल्जित डाङ्गी र कालिबहादुर डाङ्गी सम्मानित हुनुभएको हो ।कार्यक्रमका सभाअध्यक्ष समेत रहनुभएका वडा न. १२ का वडा अध्यक्ष टिकाराम वलिले समापन कार्यक्रममा बोल्दै डाङ्गी परिवारलाई धन्यवाद दिनुभएको हो ।

- Advertisement -
Ad imageAd image

उहाले भन्नुभयो उहाहरुले जग्गा दान नगरेको भए आज हामी यति गर्न सक्ने थियनौ, अब भने यस्तै कार्यक्रम निरन्तर रुपमा बर्ष बर्षमा राख्ने र पहिलो बर्ष भएकाले कार्यक्रम सामान्य भएपनि आगामी बर्ष देखि थप राम्रा कार्यक्रम गर्नका वडा सरकार सधै साथमा रहेको उहाले बताउनुभयो ।

यसका साथै कार्यक्रममा विभिन्न साङ्गितिक प्रस्तुति देखाउने आमा समूहलाई पनि उहाको हौसला स्वरुप सबै समुहलाइ सम्मान तथा पुरस्कार वितरण गरिएको हो । जसमा लेखबेसी स्वास्थ्य आमा समुह, परिवर्तनशिल स्वास्थ आमा समूह र हरियाली स्वास्थ आमा समुह लगायतलाई सम्मान गरिएको हो ।

संचालक समितीका सयोजक लोकेन्द्र देवकोटाले भन्नुभयो हामीले यो कार्यक्रम संचालन गर्दै गर्दा सजिलो थिएन र पनि विभिन्न चुनौती हुदाहुदै हामीले यो कार्यक्रम संचालन गरेका हौ जसका लागि सहयोग गर्ने वडा सरकार, पालिका, ब्यापारी, समाजसेवी, जग्गादाता लगाएत विभिन्न तरिकाबाट सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्न चाहान्छु, उहाले भन्नुभयो: तपाइको यस्तै साथ सहयोग हामिलाइ सधै रहिराखोस र प्रत्येक बर्ष हामी यस्तै खालका कार्यक्रमहरु यो ठाउँमा संचालन गरिरहने छौ, उहाका अनुसार खेल अवधीभर कुनै पनि विवाद नआयको र खेल शान्त र मर्‍यादित रूपमा सम्पन्न भएको बताउनुभयो । समापन कार्यक्रमको संचालक भने जिबन केसिले गर्नुभएको थियो ।

सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
clear sky
19° _ 19°
70%
1 km/h
मंगल
30 °C
बुध
31 °C
बिहि
28 °C
शुक्र
27 °C
शनि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ