Ad imageAd image

दरबार रोधीले १६ औं वार्षिकोत्सव भव्य रुपमा मनाउने,वरिष्ठ लोकगायक बस्नेतसहित पाँच कलाकारलाई सम्मान गरिने

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । दरबार रोधी क्लबले वरिष्ठ लोक गायक कुमार बस्नेतलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने भएको छ ।

दरबारमार्गमा रहेको यो रोधीले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा बस्नेतलाई भव्य समारोहकाबीच सम्मान गर्ने भएको हो । ‘छोरी भन्दा आमा तरुनी’, ‘लैबरी लै’, ‘डल्ली मगरनी हो’ जस्ता चर्चित लोकगीतहरू गाएका ८१ वर्षिया बस्नेतले समाजका विकृति, विसङ्गती, कु–संस्कारहरूलाई लोकगीतमार्फत् जनतामा ल्याएको भन्दै सम्मानित गर्ने निर्णय गरिएको क्लबका अध्यक्ष अशोक गिरीले बताए ।

गिरीका अनुसार लोकदोहोरी गायनमै पु¥याएको योगदानको कदर गर्दै लोक गायक बद्रि पंगेनी, सुनिता दुलाल र कृष्ण आँशुलाई पनि विशेष सम्मान प्रदान गरिनेछ । त्यस्तै पत्रकारका तर्फबाट ऋषी धमलालाई विशेष सम्मान दिने निर्णय भएको हो ।

- Advertisement -
Ad imageAd image

हरेक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा सर्जकहरुलाई सम्मान गर्दै आएको दरबार रोधीले यसपटकबाट कलाका क्षेत्रमा कलम चलाउने पाँच जना पत्रकारहरुलाई समेत दरबार रोधी पत्रकारिता पुरुस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो ।

अनलाइन खबरका विष्णु शर्मा, नयाँ पत्रिका दैनिकका अन्वेशन अधिकार, सेतोपाटीका सुशिल नेपाल, रातोपाटीका नरेन्द्र रौले र मज्जाको टिभी डटकमका आयशा दाहाललाई पाँच-पाँच हजार नगद राशीसहित सम्मानपत्रबाट पुरस्कृत गर्ने निर्णय गरेको हो ।

दरबार रोधी क्लबले जेठ ३२ गतेदेखि असार २ गतेसम्म तीन दिन भव्य रुपमा वार्षिकोत्सव मनाउने निर्णय गरेको छ । ३२ जेठ शुक्रबार हुने उद्घाटन समारोहमा माननीय संस्कृति मन्त्री हितबहादुर तामाङ प्रमुख अतिथि र चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसी विशेष अतिथिका रुपमा सहभागी हुनेछन् ।

कार्यक्रममा पशुपति शर्मा, दुर्गेश थापा, टिका पुन, पुर्णकला विसी, करिष्मा ढकाल लगायत दर्जनौं कलाकार तथा मोडलहरु सहभागी हुनेछन । ‘दोहोरी साँझ लोकदोहोरी कलाकारको करिअरको पहिलो खुड्किलो हो, लोकदोहोरी संगीतको पहिलो पाठशाला र रियाज गर्ने थलो पनि हो,’ दरबार रोधी क्लबका अध्यक्ष अशोक गिरी भन्छन्, ‘यही थलोबाट आफ्नो सांगितिक करिअर सुर गरेर धेरै कलाकार स्थापित भए ।

हामीले हाम्रो वार्षिकोत्सवलाई लोकदोहोरी संगीतको उत्सवका रुपमा मनाउने निर्णय गरेका छौं । त्यही अवसरमा संगीत र पत्रकारितामार्फत लोकदोहोरी क्षेत्रमा योगदान पु¥याउने निर्णय गरेका हौं ।’

सेयर: 27
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
few clouds
29° _ 29°
42%
4 km/h
मंगल
29 °C
बुध
30 °C
बिहि
29 °C
शुक्र
21 °C
शनि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ