Ad imageAd image

ललितपुरको बाफलमा आगलागी हुँदा बालबच्चासहित पाँच जना घाइते

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १७ स्थित बाफलमा आगलागी भएको छ ।

मोबिल स्टोर भएको उक्त टहरोमा आलगागी हुँदा तीन जना बालबालिकासहित ५ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जनकारी दिए ।

प्रहरीका अनुसार घाइते भएकाहरु दम्पत्ति र उनीहरुको बालबच्चा रहेको प्रारम्भिक जानकारीबाट खुलेको छ । घाइतेमा ३ वर्षकी प्रिया गिरी, ८ वर्षकी एसिला गिरी, १५ वर्षका मीत गिरीका साथै दम्पत्ति सञ्जय गिरी र रुपा गिरी रहेका छन् । उनीहरुको शरीरका भाग आगोले जलेको बताइएको छ ।

आगलागीमा घाइते भएका पाँचै जनाको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचार भइरहेको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
88%
4 km/h
बुध
22 °C
बिहि
24 °C
शुक्र
25 °C
शनि
25 °C
आइत
17 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ