Ad imageAd image

नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पाँच जना पक्राउ

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बारा । नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पाँच जनालाई बारा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

प्रहरीले जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरी नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पाँच जनालाई सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेहरूमा जिल्ला सर्लाही चन्द्रनगर गाउँपालिका ३ बस्ने बर्ष  ४४ का रामचन्द्र महतो कोइरी, जिल्ला बारा परवानीपुर गाउँपालिका ५ बस्ने सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, जिल्ला पर्सा बिरगंज महानगरपालिका १० बस्ने विशाल कुमार श्रीबास्तव र निजको सालो सोही ठाउँ बस्ने निरज श्रीबास्तव रहेको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिनुभयो । 

जीतपुरसिमरा उपमहानगरपालिका–७ जितपुर बजारमा नक्कली नोटको कारोबार भइरहेको सूचनाको अधारमा तत्कालै प्रहरीको टोली परिचालन गरी एक जनालाई नक्कली नोटसहित पक्राउ गरी निजको बयानका अधारमा जिल्लाको विभिन्न ठाउँ र अन्य ठाउँबाट गरि  चार जनालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक सुरेश काफलेले जानकारी दिनुभयो । 

- Advertisement -
Ad imageAd image

पक्राउ परेका व्यक्तिहरूबाट ६१ हजार नक्कली नेपाली नोट, भारतीय सिम कार्डसहित ७ थान मोबाइल समेत बरामद गरिएको प्रहरी प्रवक्ता न्यौपानेले बताउनुभयो । 

पाँच तहमा नक्कली नोटको कारोबार भइरहेको जानकारी भएपछि प्रथम, दोस्रो, तेस्रो र चौथो लेयर सम्मका व्यक्तिहरूलाई यो नक्कली नोट प्रकरणमा पक्राउ गर्न सफल भएको र चाँडै नै पाँचौँ लेयरका व्यक्तिहरूलाई पक्राउ गर्ने प्रहरी उपरिक्षक काफलेले जानकारी दिनुभयो । 

३ लाख नक्कली नेपाली नोट लिनका लागि १ लाख सक्कली नेपाली नोट पार्टीलाई दिनुपर्ने पक्राउ परेका व्यक्तिहरूको अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो । नक्कली नोटको कारोबार गरे बापतमा ५ प्रतिशतसम्मको कमिसन दिने गरेको अनुसन्धानबाट खुल्न आएको उहाँले बताउनुभयो । 

नक्कली नोटको कारोबार गर्ने व्यक्तिहरू खासगरि भिडभाड, किराना पसल, मासु पसल, तरकारी बजार, गाउँघरमा भैँसी, खसी खरिद गर्ने, ज्याला मजदुरी दिने काममा सो नक्कली पैसा प्रयोग गर्ने गरेको प्रहरी उपरीक्षक काफले बताउनुभयो । 

भारतमा नक्कली रुपैयाँ छापेर नेपालको विभिन्न ठाउँमा कारोबार गर्ने गरेको हुँदा भारतीय प्रहरीहरूसँग पनि समन्वय, सहकार्य गरेर पैसा छाप्ने सञ्जालसम्म पुग्ने उपरीक्षक काफलेले बताउनुभयो ।

बिरगंज महानगरपालिका–१० बस्ने विशाल कुमार श्रीबास्तव नक्कली नेपाली नोटलाई नेपालमा साटासाट गर्ने गराउने नाइकेको रुपमा काम गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
broken clouds
25° _ 25°
61%
4 km/h
सोम
25 °C
मंगल
27 °C
बुध
27 °C
बिहि
25 °C
शुक्र
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ