विदेशी मुद्रा सञ्चिति १७ खर्ब ६७ अर्ब नाघ्यो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । गत मंसिर महिनामा मुलुकको कुल विदेशी विनिमय (मुद्रा) सञ्चिति १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो १४.८ प्रतिशतले बढेको हो ।

गत असारमा कुल विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो । ‘अमेरिकी डलरमा यस्तो सञ्चिति ०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा ०८० मंसिर मसान्तमा १३.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ३१ करोड पुगेको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

कुल विदेशी मुद्रा सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ थियो । गत मंसिरसम्ममा यो १५.६ प्रतिशतले बढेर १५ खर्ब ५६ अर्ब २५ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा गत मंसिर मसान्तमा ८.९ प्रतिशतले बढेर २ खर्ब १० अर्ब ७९ करोड कायम भएको छ । गत मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
60%
3 km/h
बुध
24 °C
बिहि
24 °C
शुक्र
27 °C
शनि
26 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ