पूर्वकप्तान लामिछाने निलम्बित

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।

काठमाडौँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा निजलाई दोषी ठहर गरी सजाय निर्धारण गरेकाले घरेलु तथा अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आज एक विज्ञप्ति निकालेर बताउनुभएको छ । 

जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई बुधबार आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी रु. पाँच लाख भराउने फैसला सुनाएको थियो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले  उक्त सजाय सुनाएको हो । यही पुस १३ गते ‘गौशाला–२६’ लाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई अदालतले दोषी ठहर गरेको थियो । अदालतले लामिछानेलाई आठ वर्ष कैद रु. तीन लाख जरिवाना र रु. दुई लाख क्षतिपूर्ति निर्धारण गरेको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
few clouds
21° _ 21°
73%
2 km/h
बुध
21 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ