नेपाल प्रहरीका पूर्व डीआईजी शाहलाई ३ वर्ष जेल सजाय

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय सुनाइएको छ । विशेष अदालतले बुधबार भ्रष्टाचार मुद्दामा शाहलाई जेल सजाय सुनाएको हो ।

शाह क्षेत्रीय तालिम प्रहरी केन्द्र दुधौलीको कार्यालयमा प्रमुख रहेका बेला भ्रष्टाचार गरेकोमा दोषी ठहर भएका हुन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले उक्त भ्रष्टाचार मुद्दाका चार आरोपितमध्ये शाह र नेपाल प्रहरीका पूर्व सई दिपेन्द्र पनेरुलाई पनि तीन वर्ष नै कैद सजाय सुनाएको छ ।

विशेष अदालतका अनुसार शाहलाई तीन वर्ष जेल, १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो र सोही परिणामको जरिवाना तिराउन आदेश भएको छ ।

उनीबाट पनि १६ लाख ६९ हजार बिगो र त्यति नै रकम जरिवाना तिराउन फैसला सुनाइएको छ । सोही प्रकरणका आरोपितहरू लेखापाल संजीव विशुंखे र प्रहरी हवल्दार केशवसिंह ऐरीले भने विशेष अदालतबाट सफाई पाएका छन् ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
few clouds
29° _ 29°
15%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
32 °C
सोम
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ