Ad imageAd image

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली लाग्यो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

३० असार काठमाडौं : पेन्सिलभेनियामा चुनावी र्‍यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन्। शनिबार राति ट्रम्पको चुनावी र्‍याली चलिरहेका बेला गोली चलेको हो।

घटनामा र्‍यालीमा सहभागी एक जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन्।
पूर्वराष्ट्रपति ट्रम्पको कानबाट रगत बगेको तस्बिरहरू अमेरिकी सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्। 
घटनापछि उनलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए।
ओहायोका सिनेटर तथा रिपब्लिकन नेता जेडी भान्सले पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पको अवस्था ठीक रहेको बताएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा यस्ता खालका कुनै पनि हिंसात्मक घटनालाई स्थान नदिइने बताएका छन् । उनले यस्ता प्रकारका घटनाविरुद्ध सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन्।
पूर्वराष्ट्रपति बाराक ओबामाले पनि घटनाको निन्दा गरेका छन्। 

सेयर: 13
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
moderate rain
22° _ 22°
83%
2 km/h
शनि
21 °C
आइत
25 °C
सोम
25 °C
मंगल
23 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ