Ad imageAd image

महासचिव चन्द ‘अन्धोपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’द्वारा सम्मानित

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ, नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’ द्वारा सम्मानित हुनुभएको छ । इन्डोनेसियाको बालीमा जारी आँखा रोग विशेषज्ञको वार्षिक सम्मेलनमा एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी (अपाओ)ले उहाँलाई उत्कृष्ट सेवा पुरस्कार अर्पण गरेको हो । नेपालमा अन्धोपन निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै अपाओले महासचिव चन्दलाई सम्मान गरेको हो ।

यो पुरस्कार वार्षिक रुपमा एसिया–प्रशान्त क्षेत्रमा अन्धोपन निवारण गर्न महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई प्रदान गर्ने गरिन्छ । नेपालमा आँखा उपचार सेवाको विस्तार र अन्धोपन निवारणमा लामो समयदेखि सक्रिय रहनुभएका चन्दले सङ्घको गुल्मी शाखाको सभापति रहँदा जिल्लालाई मोतिविन्दुरहित जिल्ला घोषणा गराउने अभियानको सुरुआत गर्नुभएको थियो । उहाँले सङ्घको सचिव तथा महासचिव पदमा रही नेपालमा आँखा स्वास्थ्य सेवाको विस्तार र अन्धोपन निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।

सम्मेलनमा नेपालमा तर्फबाट नेपाल आँखा अस्पतालका डा दिवा लामिछानेले आँखा स्वास्थ्य सेवा तथा अन्धोपन निवारणमा अस्पतालले गरिरहेको सेवाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्मेलनमा भाग लिनुभएको थियो । सन् १९६० मा स्थापना भएको अपाओले अन्धोपन कम गर्नको लागि यस क्षेत्रमा शिक्षा, आँखा सेवा र अनुसन्धानमार्फत काम गर्दै आएको छ ।

साथै अन्धोपनविरुद्ध लड्न एसिया–प्रशान्त क्षेत्रका आँखा विशेषज्ञ तथा आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने सङ्गठनबीच घनिष्टसम्बन्ध विकास गर्ने प्रमुख उद्देश्यका साथ काम गदै आइरहेको छ । विसं २०३५ मा नेपालमा आँखा उपचार सेवाको विकास र विस्तारको लक्ष्यसहित एक गैर नाफामूलक संस्थाका रुपमा स्थापना भएको सङ्घअन्तर्गत हाल देशभरमा २७ आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखा सञ्चालनमा छन् ।

- Advertisement -
Ad imageAd image

सङ्घअन्तर्गतका आँखा अस्पताल, आँखा उपचार केन्द्रमार्फत वार्षिक ३० लाख बढी बिरामीको आँखा जाँच हुने गर्दछ । हालसम्म ती उपचार केन्द्र मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल चार करोड दुई लाख ८६ हजार पाँच जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह भैसकेको छ भने ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया भइसकेको जनाइएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
scattered clouds
21° _ 21°
64%
1 km/h
मंगल
21 °C
बुध
21 °C
बिहि
24 °C
शुक्र
25 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ