Ad imageAd image

गजल

0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने
‎प्रचण्ड हुरीमा दियो बलेको देख्दा
‎रमाउँछन् मान्छे यहाँ ढलेको देख्दा।

‎दया र मायाको आश गर्नु व्यर्थ छ
‎उपहास गर्छन् यो मन गलेको देख्दा।

‎जसलाई सुम्पिएँ जीवनको यो गोरेटो
‎आश्चर्य लाग्छ मेरै बाटो छलेको देख्दा।

‎कस्तो  विडम्बना छ यो स्वार्थी नगरमा
‎आत्तिन्छन् मान्छे अघि पाइला चलेको देख्दा।

‎नखोज्नु यात्री तिमी मलम यो सहरमा
‎आगो ताप्ने धेरै छन् घर जलेको देख्दा।
सेयर: 24
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
scattered clouds
21° _ 21°
75%
1 km/h
शुक्र
21 °C
शनि
27 °C
आइत
29 °C
सोम
30 °C
मंगल
31 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ