पाकिस्तानको वातावरणीय नमूनामा विश्व व्यापी पोलियो भाइरस पत्ता लाग्यो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

एजेन्सी । पाकिस्तानका ढल नमुनाहरूमा थप तीनवटा विश्वव्यापी पोलियो भाइरस फेला परेको छ । सन् २०२३ मा देशमा सकारात्मक नमूनाहरूको कुल योग एक सय १५ पुगेको पाकिस्तानी स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।
पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरबाट डिसेम्बर ११ मा, सङ्घीय राजधानी इस्लामाबादबाट डिसेम्बर १२ मा र दक्षिणी बन्दरगाह शहर कराचीबाट डिसेम्बर १३ मा सङ्कलन गरिएको वातावरणीय नमूनामा भाइरस फेला परेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको हो ।

भाइरसको सङ्क्रमणबाट बच्चाहरू अपाङ्गता पैदा गर्ने बिभिन्न खालका रोगबाट निरन्तर जोखिम रहन्छ । राष्ट्रिय स्वास्थ्य सेवा, नियमन र समन्वयका लागि पाकिस्तानी कार्यवाहक मन्त्री नदीम जानलाई उद्धृत गर्दै विज्ञप्तिमा यस्तो उल्लेख गरेको छ ।

यो भाइरसले विशेष गरी शारिरीक रूपमा कमजोर बच्चाहरूलाई पक्षाघात निम्त्याउन सक्ने उहाँले उल्लेख गर्नु भयो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाकिस्ता छिमेकी राष्ट्र अफगानिस्तानसँगै विश्वको दुई पोलियो–स्थानिक देशहरू मध्ये एक हो । पाकिस्तानमा सन् २०२३ मा छ वटा पोलियोका घटना दर्ता भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
broken clouds
27° _ 27°
74%
2 km/h
सोम
29 °C
मंगल
27 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ