Ad imageAd image

एनआरएनएको अधिवेशन मे ३ देखि ५ सम्म, प्रमुख निर्वाचन आयुक्तमा गोपाल कृष्ण घिमिरे

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनए एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ ।

समितिका संयोजक शेष घलेले शनिबार सञ्चारकर्मीहरुसँगको अन्तक्र्रियामा वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे प्रमुख निर्वाचन आयुक्त रहेको समिति गठन गरिएको जानकारी दिए । समितिको सदस्यमा सेवानिवृत्त मेजर डम्मर घले र अधिवक्ता आशिष उप्रेती निर्वाचन आयुक्त छन् ।

नेपालको कानूनी क्षेत्रमा लामो अनुभव हासिल गरेका वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे डेमोक्र्याटिक लयर्स एसोसियशनका पूर्व अध्यक्ष हुन् भने ब्रिटिश सेनाको ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त मेजर डम्मर घले  एनआरएनए युकेका पूर्व अध्यक्ष हुन् ।  त्यस्तै अधिवक्ता आशिष उप्रेती  युवा  कानून व्यवसायी हुन् ।

लामो समयदेखि विवादमा अल्झिएको गैर आवासीय नेपाली संघलाई एकताबद्ध गरी महाधिवेशन गराउन सर्वोच्च अदालतको परमादेश अनुरुप परराष्ट्र मन्त्रालयसंग समन्वय गरी आउँदो मे ३–५, २०२५ मा काठमाडौँमा एकताको महाधिवेशन गर्न लागिएको घलेले बताए ।

- Advertisement -
Ad imageAd image

उनले संस्थाको  लोकतान्त्रिकरण तथा सम्पूर्ण सदस्यहरुलाई अधिकार सम्पन्न गर्ने गरी  निस्पक्ष र पारदर्शीरुपमा निर्वाचन सम्पन्न गराउन यो निर्वाचन समितिलाई सहयोग गर्न पनि सबै गैर आवासिय नेपालीलाई अनुरोध गरे ।

उनले मार्चभित्र सदस्यताको लागि आवेदन दिन  वा आफ्नो सदस्यता नवीकरण गराउन आग्रह गरे ।  उनका अनुसार एनआरएनएका सबै पंजीकृत सदस्यहरुले काठमाडौँमा उपस्थित भएर तोकिएको शुल्क तिरी डेलिगेट्स बन्न पाउने व्यवस्था गरिएको छ । काठमाडौँमा उपस्थित सबै डेलिगेट्सहरुले निर्वाचनमा सहभागी हुन पाउने व्यबस्था गरिएको छ ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
overcast clouds
23° _ 23°
71%
आइत
29 °C
सोम
30 °C
मंगल
27 °C
बुध
26 °C
बिहि
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ