Ad imageAd image

घाइतेहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिन स्वास्थ्य मन्त्री वीर अस्पतालमा

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बाढी तथा पहिरो लगायतका विपद्मा घाइते भई उपचाररत रहेकाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।

बिहीबार वीर अस्पतालको ट्रमा सेन्टरमा पुगेर स्वास्थय मन्त्री पौडेलले उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

अवलोकन पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अहिले ट्रमा सेन्टरमा ९ जना घाइतेहरु उपचाररत रहेको मा सवैको अवस्था साधारण नै रहेको बताए ।

अझैपनि उपचार आवश्यक रहेका  नागरिकहरु छुटेमा उपचारका लागि अस्पताल आउन आग्रह गर्दे उनले घाइतेहरुको उपचार कसरी व्यस्थित गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालय लागि परेको बताए ।

- Advertisement -
Ad imageAd image

उनले भने, ‘धेरै त डिस्चार्ज भएर गइसक्नु भएको छ अहिले यहाँ ९ जना विरामीहरु जसमा तीन जना इमरजेन्सिमा र ६ जना वार्डमा हुनुहुन्छ । उहाँहरुको राम्रो उपचार भइरहेको छ । आज दुई जना डिस्चार्ज हुँदै हुनुन्छ । घाइतेहरुलाई पनि बुझे उहाँहरु सन्तुष्ट हुनुहुन्छ । अझैपनि हामीले उपचार आवश्यक हुनुभएका नागरिकहरु हुनुहुन्छ भने उपचारका लागि अस्पताल आउन आग्रह गरेका छौं । हामीले बाढि पहिरो लगायतका विपद्मा घाइतेहरुको उपचार कसरी व्यस्थित गर्न सक्छौं भनेर लागि परिरहेका छौं ।’

उनले निजी अस्पतालहरुलाई पनि विपद्मा परि घाईते भएकाहरुको निशुल्क उपचारको लागि सहयोग गर्न अनुरोध गरेको भन्दै उपचार नपाएर समस्यामा पर्ने स्थित रहेको बताए ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
thunderstorm
18° _ 18°
100%
1 km/h
शुक्र
23 °C
शनि
30 °C
आइत
29 °C
सोम
30 °C
मंगल
29 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ