काठमाडौँ, ३० असारः उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो बारेमा कुनै विषयमा अनुसन्धान अगाडि बढाउनुपर्ने लागेमा निःकङ्कोच अनुसन्धान अघि बढाउन आग्रह गर्नुभएको छ । गृह मन्त्रालयमा आज भएको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आजसम्म स्वतः प्रभावित हुनुभएको भए पनि अब मेराबारे पनि अनुसन्धान गर्नूस् । गलत गरेको भए कानुन मलाई पनि लाग्नुपर्छ ।” नक्कली भूटानी शरणार्थी, टीकापुर, पतञ्जली र बालमन्दिर जग्गा प्रकरणबारे जारी अनुसन्धान निष्पक्ष र प्रभावकारी रुपमा अगाडि बढोस् भन्ने आफ्नो चाहना रहेको उहाँले बताउनुभयो । सरकार परिवर्तन अनौठो कुरा नभएको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले सरकार परिवर्तनको प्रभाव प्रहरी, कर्मचारी प्रशासनमा पर्न नहुने भएकोले सोको प्रभाव नपार्न गृह र सुरक्षा अधिकारीसँग आग्रह गर्नुभयो । अनुसन्धान जारी रहेकाले सुनकाण्ड छानबिनको प्रतिवेदन सार्वजनिक नगरेको उहाँले जानकारी दिनुभयो । “हामीलाई लागेको होला केके नै ग¥र्यौं तर हाम्रा कामबाट नागरिक पटक्कै खुसी छैनन् । नागरिक सन्तुष्ट नभएसम्म हामीले कामको प्रगति विवरण भनेर बुँदाहरु थप्दै सार्वजनिक गर्नुको के रहँदैन”, गृहमन्त्री लामिछानेले भन्नुभयो । सरकार परिवर्तन हुनुको, मन्त्री आउनु र जानुको प्रभाव आमनागरिकमा पर्न नहुने भन्दै कानुनअनुसार काम गर्न मन्त्री परिवर्तनले केही फरक नपार्ने उहाँको भनाइ छ । चार महिनामा धेरै काम गर्न नसकिएको बताउँदै केही आधार भने तयार भएको गृहमन्त्री लामिछानेले बताउनुभयो । तयार भएको आधारलाई भत्किन नदिन सरोकार भएकालाई अनुरोध गर्दै उहाँले नयाँ मन्त्रीले पनि बनेका आधारलाई सकारात्मक रुपमा ग्रहण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छः गृहमन्त्री लामिछाने

प्रतिक्रिया
ट्रेन्डिङ
बैशाख र जेठ महिनामा भएका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
काठमाडौं । सरकारले मन्त्रिपरिषद्को विभिन्न मितिमा बसेका बैठकहरूबाट भएका निर्णयहरू सार्वजनिक गरेको छ । शुक्रबार…
‘स्वर्णिम बजेट’ : समृद्ध नेपालको प्रारम्भिक रेखा कि चुनौतीपूर्ण लक्ष्य ?
काठमाडौं । दुई तिहाइ नजिकको राजनीतिक समर्थन पाएको सरकारले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत सार्वजनिक गरेको…
आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा
काठमाडौं । पछिल्ला केही महिनादेखि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य…
‘रोल नं १’को टिकटमा किन दिइयो ५० प्रतिशत छुट् ?
काठमाडौं । चलचित्र ‘रोल नं १’ अब दर्शकले आधा मूल्यमै हेर्न पाउने भएका छन् ।…

