Ad imageAd image

‘आदर्श दिव्य दर्पण’को १६औँ शृङ्खलामा ‘मानवताका आवाजहरू’ गुञ्जियो

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बैंकक – अन्तर्राष्ट्रिय रेडक्रस दिवस तथा नर्स दिवसको पावन अवसर पारेर ‘साहित्य मन थाइल्याण्ड’ले आफ्नो नियमित अनलाइन कार्यक्रम ‘आदर्श दिव्य दर्पण’को १६औँ शृङ्खला भव्य रूपमा सम्पन्न गरेको छ। मे १० तारिख आइतबारका दिन आयोजित उक्त कार्यक्रम ‘मानवताका आवाजहरू’ शीर्षकमा केन्द्रित रही सम्पन्न भएको हो। साहित्य मन थाइल्याण्डको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको यस कार्यक्रममा सहभागी स्रष्टाहरूले मानवता, सेवा र परोपकारका भाव समेटिएका आफ्ना अनुभव, अनुभूति, कविता तथा गजलहरू वाचन गरेका थिए।

कार्यक्रममा डा. गुणराज प्याकुरेल प्रमुख अतिथिको रूपमा रहनुभएको थियो भने डा. देवेन्द्र आचार्य विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। विशेष अतिथि डा. आचार्यले मानवीय सेवा र समर्पणका बारेमा मन्तव्य राख्दै आफ्ना दुईवटा गजल र ‘हावासँग कसम खान मन छ’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी रश्मी भट्टले इन्द्रवज्रा छन्दमा रचित ‘परोपकार’ कविता र चन्द्र जी.एम.ले ‘बेपत्ता छोराको आमालाई सम्झना’ तथा ‘म तिमीलाई माया गर्छु’ कविता सुनाउनुभएको थियो।

कार्यक्रमलाई थप रोचक बनाउँदै हिमोढ पहाडीले ‘रक्तदान जीवनदान’ कविता वाचन गर्नुभयो भने रेज्जी थापा डी.सी.ले नर्सहरूको निस्वार्थ सेवाभाव झल्कने ‘हामी नर्स हौँ’ कविता प्रस्तुत गर्नुभयो। स्रष्टा एस.पी. माथवरले ‘एउटा रातो कारखाना’ लगायत केही मर्मस्पर्शी गजलहरू सुनाउनुभएको थियो भने रविचन्द्र अधिकारीले ‘मेरो गाउँ’ र भीमलाल खनालले ‘धुलोको पाना’ कविता तथा गजल प्रस्तुत गर्नुभएको थियो। साहित्य मन थाइल्याण्डका अध्यक्ष ओमप्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाकी सचिव दीपा रानाले गर्नुभएको थियो।

सेयर: 10
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
broken clouds
24° _ 24°
53%
3 km/h
सोम
25 °C
मंगल
24 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ