Ad imageAd image

उपप्रधानमन्त्री महासेठद्वारा नेपाल रेल सेवाको निरीक्षण

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

जनकपुरधाम,चैत १० गते । उपप्रधान एव भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले शनिवार नेपाल रेल्वेको कुर्था- जनकपुर-जयनगर रेल सेवाको निरीक्षण गर्नु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा ,धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीया ,रेल विभागका महानिर्देशक रोहित कुमार विसुराल ,नेपाल रेलवेका महाप्रबन्धक निरञ्जन झा सहितको उच्च पदस्थ कर्मचारीहरूको टोली सहित आज बिहान ८ः३० बजेको रेलमा यात्रा गरी रेल्वेको जनकपुर जयनगरको बिचमा पर्ने विभिन्न स्टेसनको निरीक्षण गर्नु भएको छ ।

निरीक्षणको क्रममा धनुषा निर्वाचन क्षेत्र नं.२ को खजुरीमा नेकपा एमालेका नेता एवं प्रदेशसभा सदस्य लखन दासले भव्य स्वागत गर्नु भएको थियो । प्रदेशसभा सदस्य दासकोको नेतृत्वमा सयौँको सङ्ख्यामा रहेका आम नागरिक र एमालेका नेता कार्यकर्ताले उपप्रधान मन्त्री महासेठ नेतृत्वको टोलीलाई फुलको माला अबिर लगाएर स्वागत गरेका थिए ।

निरीक्षणको क्रममा मन्त्री महासेठलाई धनुषाको खजुरीमा स्थानीय बासिन्दाले सो क्षेत्रमा कमला नदीमा बाढी आएपछि आम नागरिकले भोग्दै आएको समस्याको बारेमा जानकारी गराउनु भएको थियो । निरीक्षणको क्रममा उपप्रधानमन्त्री महासेठले नेपाल रेल्वेको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले निकट भविष्यमा रेल यात्रीको चाप हेरेर सरकारले थप बोगीको व्यवस्थापन गर्न सकिने जानकारी गराउनु भयो ।

रेल सेवा सञ्चालनले खास गरेर धनुषाको पूर्वी क्षेत्रका बासिन्दा लाभान्वित भएको भन्दै उपप्रधानमन्त्री महासेठले जनकपुर जयनगर रेल सेवाका कारण भारतीय पर्यटकको आगमन जनकपुरधाममा बढेको भने बारे जानकारीमा आएको र यो जनकपुरधामको लागि सुखद रहेको बताउनु भयो ।

- Advertisement -
Ad imageAd image
सेयर: 14
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
few clouds
28° _ 28°
51%
5 km/h
आइत
27 °C
सोम
30 °C
मंगल
30 °C
बुध
28 °C
बिहि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ