काठमाडौँ । संसदीय मामिला हेर्ने पत्रकारहरूसँग लैङ्गिक संवेदनशील संसदीय रिपोर्टिङसम्बन्धी ३ दिने अन्तरक्रियात्मक कार्यशाला सम्पन्न भयाे । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) द्वारा काठमाडौँमा आयोजित कार्यशालामा संसदीय मामिला हेर्ने पत्रकारहरूलाई वरिष्ठ पत्रकार शिव गाउँलेले प्रशिक्षण दिएका थिए ।
कार्यशालामा संसदीय मामिलाकाे इतिहासदेखि अहिलेसम्मकाे अवस्था, संसदीय जाेडिएका समाचारकाे खाेजी, हार्ड न्यूज, सफ्ट न्यूज, डेप्ट न्यूज, खाेजि पत्रकारिता, लैङ्गिक संवेदनशीलता र संसदीय रिपोर्टिङकाबारेमा ३ दिनका विभिन्न सत्रहरुमा मिहिनरुपमा छलफल भएकाे थियाे ।
कार्यशालाकाे अन्तिम दिन संघिय संसदका सांसदहरुसंग पत्रकारहरुकाे अन्तरक्रियात्मक छलफल भएकाे थियाे । साे अवसरमा बोल्दै सांसदहरुले पत्रकारहरुले संसदकाे समाचार बनाउँदा महिला सांसद भन्दा पुरुषलाई बढी प्राथमिकता दिने गरेकाे भन्दै गुनासाे गरेका थिए । संसदमा पत्रकारहरुले प्रतिनिधि सभालाई बढी महत्व दिने गरेकाे तर राष्ट्रिय सभामा बाेल्ने समयमा काेहि नहुने र समाचार पनि कम कभरेज हुने भएकाेले यसमा ध्यान दिन महिला सांसदहरुले आग्रह गरेका थिए ।
सार्वजनिक महत्वका महत्वपूर्ण विषयहरु आफुहरुले संसदका दुवै सदनमा उठाउदा पनि मिडिया कभरेजमा विभेद हुने भएकाेले यसमा सुधार ल्याउन सांसदहरुले आवाज उठाएका थिए । पत्रकारहरुले पनि समाचार बनाउदा महिला सांसदहरु सहजै बाेल्न उपलब्ध नहुने र भइहाले पनि विषयवस्तुमाथी गहनरुपमा नबाेलिदिने हुँदा समाचारमा समेट्न समस्या हुने गरेकाे बताएका थिए ।
कार्यशालामा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले लैङ्गिक सवाल महिलाको मात्र नभई सबैको साझा मुद्दा हो भन्नेतर्फ सजग रहनुपर्ने बताइन् । उनले संसदीय मामिला पत्रकारितासंग सम्बन्धित आफ्नाे अनुभव सुनाउदै संसदीय रिपोर्टिङमा पहिले र अहिले धेरै परिवर्तन आएकाे र बढी सहज पनि भएकाे बताइन् । उनले महिला सांसदहरुकाे आवाजलाई मिडियामा बारम्बार ल्याउन सांसदहरुले सार्वजनिक महत्वका विषयहरु उठाउन र पत्रकारहरुले पनि महिला सांसदहरुलाई प्राथमिकतामा राख्न आग्रह गरिन् । शर्माले लैङ्गिक संवेदनशीलताका क्षेत्रमा पत्रकार महासङ्घबाट संसदीय मामिला भित्र महिलामैत्री वातावरण निर्माण गर्न थप पहलकदमी गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।