Ad imageAd image

इरानमाथि इजरायलले सुरु गर्‍यो आक्रमण

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ । इजरायली सेनाले शुक्रबार बिहान इरानमा आक्रमण गरेको छ । इजरायली रक्षा अधिकारीहरूका अनुसार पाँच दिन अघि इजरायलमा इरानले गरेको आक्रमणको सैन्य प्रतिक्रियाका रुपमा इजरायलले पनि जवाफी आक्रमण गरेको हो।

इरानी अधिकारीहरूले शुक्रबार बिहान मध्य इरानको इस्फाहान सहर नजिकैको सैन्य हवाई अड्डामा आक्रमण भएको पुष्टि गरेका छन् । तर कुन देशले आक्रमण गरेको हो भनेर उनीहरूले बताएका छैनन् । इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्ससँग सम्बद्ध इरानी समाचार एजेन्सी फार्स न्यूजले इस्फाहानको नागरिक विमानस्थल नजिकै विस्फोटको आवाज सुनिएको र विस्फोटको कारण तत्काल स्पष्ट नभएको बताएको छ।

इजरायली सेनाले भने यस आक्रमणबारे कुनैपनि टिप्पणी गर्न अस्वीकार गरेको छ । इरानले इजरायलमा गत साता तीन सयभन्दा बढी क्षेप्यास्त्र र ड्रोनहरू प्रहार गरेको थियो । अप्रिल १ मा सिरियामा रहेको इरानी कूटनीतिक परिसरमा इजरायली हमलाका कारण सात जना इरानी अधिकारीहरू मारिएका थिए ।

केही दिनदेखि इजरायली नेताहरूले इरानको हमलाको जवाफ दिने धम्की दिएका थिए । जसले दुई देशको वर्षौं लामो अप्रत्यक्ष युद्धलाई प्रत्यक्ष टकरावमा परिणत गरेको थियो ।

- Advertisement -
Ad imageAd image

इरानका सेना प्रमुख, मेजर जनरल अब्दोलरहिम मौसावीले बुधबार इरानले कुनै पनि इजरायली आक्रमणको जवाफ दिने बताएका थिए ।

राष्ट्रपति बिडेनले इजरायललाई प्रतिक्रिया नगर्न सल्लाह दिएका थिए । इजरायली जवाफी हमलाले युद्ध चर्किने डर पैदा भएको छ । ६ महिनाभन्दा बढी समयदेखि इजरायलले गाजामा हमास र लेबनानमा हिजबुल्लाहविरुद्ध दुई अन्य मोर्चामा लडिरहेको छ। दुवै इरानका सहयोगी हुन् ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
88%
3 km/h
आइत
20 °C
सोम
23 °C
मंगल
18 °C
बुध
25 °C
बिहि
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ