रुस युक्रेन युद्धमा मारिएका नेपालीको शव स्वदेश ल्याउन नसक्नु लज्जाः अध्यक्ष डा. भट्टराई

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रुस युक्रेन युद्धमा मारिएका नेपालीको शव स्वदेश ल्याउन नसक्नु लज्जाको विषय भएको बताएका छन् ।

आज सामाजिक सञ्जालमा डा. भट्टराईले भनेका छन्–रोजगारीको खोजीमा हाम्रा युवाहरू रुस—यूक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौँको सङ्ख्यामा मारिनु र उनीहरूको लाससम्म देशमा ल्याउन नसक्नु ठुलो राष्ट्रिय लज्जा र चिन्ताको विषय हो ।

सरकार बाह्र सत्ताइसका कुरा गरेर बस्नु र आफ्नू अनुहार हेरेर आफै रमाएर बस्नु भन्दा एक–सूत्रीय रूपमा देशमै युवाहरूलाई सम्मानजनक र आयमूलक रोजगारी सिर्जना गर्न लागी परोस्। नत्र समयले कसैलाई पर्खनेछैन डा भट्टराईले भनेका छन् ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
haze
16° _ 16°
51%
2 km/h
मंगल
19 °C
बुध
20 °C
बिहि
20 °C
शुक्र
20 °C
शनि
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ