काग तिहार विशेष मेला – भलिबल उपाधी स्यार्पु युनाइटेडलाई

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


रुकुम पश्चिमको चौरजहारी न.पा ११ मा संचालित काग तिहार बिशेष मेलाको अवसरमा आयोजित खुला वडा स्तरीय भलिबको उपाधी स्यार्पु युनाइटेड बाफिकोट गाउपालिकाले जितेको छ ।


शनिवार सम्पन्न प्रतियोगितामा दार्मा गा.पा 3 लाई 2-0 को सोझो सेटमा पराजित गर्दै सो उपाधी हात पारेको हो । त्यसै गरि दार्मा गा.पा 3 ले द्दितिय स्थान हात पारेको छ भने बागचौर न.पा 3 ले तृतीय स्थान हासिल गरेको छ ।


बिजेता टिमले क्रमश ५००००(पचास हजार),३००००(तीस हजार)र २००००(बीस हजार) सहित ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।
अध्यक्ष लोकेश मल्लका अनुसार परम्परागत रुपमा लाग्दै आएको काग तिहार मेलाको अवसरमा भलिबलका अतिरिक्त स्लो बाइक रेस र रसाकसी खेल संचालन गरिएको छ । स्लो बाइक रेस प्रतियोगितामा सक्सेस गिरिले उपाधी हात पारेका छन ! भने रसाकसीमा आयोजक चौरजहारी न.पा ११ ले प्रथम स्थान हासिल गरेको छ ।


मेला कार्तिक १४ गते काग तिहारको दिनबाट सुरु भएकोमा आज एक कार्यक्रमका बिच समापन गरिएको हो ।

सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
broken clouds
22° _ 22°
100%
2 km/h
सोम
29 °C
मंगल
27 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ