Ad imageAd image

काँग्रेसलाई ओलीको प्रश्न:राजनीतिक प्रतिशोध संसद्मा न राखौँ

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको चर्को आलोचना गर्नु भएको छ ।

ललितपुरको गोदावरीस्थित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा ओलीले सदनमा प्रतिपक्ष हुँदैमा राजनीतिक स्वार्थ राख्न न मिल्ने बताउनु भयो ।

उहाँले काङ्ग्रेसले अरु राजनीतिक दलमाथि प्रश्न उठाउने नैतिक आधार नभएको जिकिर गर्नुभएको छ। काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमाथि छानबिनको माग गर्दै संसद बैठक अवरुद्ध गरिरहेको बेला ओलीले त्यसो गर्ने नैतिक आधार काँग्रेससँग नभएको दावी गर्नु भयो ।

- Advertisement -
Ad imageAd image

उहाँले हिजोसम्म सरकारमा रहँदा अख्तियारले बयानमा बोलाएका, अदालतले पुर्पक्षका लागि थुनामा राखेका र गम्भीर अनियमिततामा संलग्न भएका मन्त्री र नेतालाई राजीनामा गराउने तयार नहुने काँग्रेसले यतिबेला अरुमाथि प्रश्न उठाउने नैतिक आधार हुन्छ? भनि प्रश्न गर्नु भयो ।

अध्यक्ष ओलीले निश्चित व्यक्तिलाई निशाना बनाएर राजनीतिक प्रतिशोधको भावनाले अगाडि सारिएका र पुष्टि नभएका कुनैपनि विषयमा आफ्नो पार्टी प्रवेश गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो। उहाँले सत्ताबाट हट्नु परेपछि काँग्रेस आक्रोशित, क्षुब्ध र हतास मनस्थितिमा देखिएको बताउनुभयो।

ओलीले भन्नुभयो, ‘अचानक सत्ताबाट बाहिरिनु पर्दा यतिबेला नेपाली काँग्रेस आक्रोशित, क्षुब्ध र हतास देखिन्छ। यही हतासोले उसलाई प्रतिशोधको राजनीतिमा पुर्याएको छ।

यसका पछाडि प्रतिशोधबाहेक कुनै तर्क संगत आधार छैनन्।’’ अध्यक्ष ओलीले सहकारी रकम हिनामिनाको विषयमा छानबिन गरेर दोषीलाई कारबाही गर्ने कुरामा एमाले दृढ रहेको प्रष्ट पार्नुभएको छ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
broken clouds
21° _ 21°
64%
1 km/h
शनि
20 °C
आइत
19 °C
सोम
22 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ