तराईको गर्मीमा पनि लटरम्म स्याउ

राष्ट्रिय समाचार समिति(रासस)
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

कैलाली: तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन् । चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती हँुुदै आए पनि तराईको गर्मीमा किसान गोकर्ण ओलीले लटरम्म स्याउ फलाउनुुभएको छ ।

किसान ओलीले फलाउनुुभएको (हर्मन ९९) जातको स्याउ ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा लगाउन सकिन्छ । उहाँले तीन बिघा जग्गामा व्यावसायिक रूपमा नै स्याउखेती गर्नुभएको छ । कैलालीमा उहाँले पहिलोपटक व्यावसायिक रुपमा नै स्याउखेती गर्नुभएको छ । विसं २०७८ माघमा ओलीले भारतको हिमाचल प्रदेशको विलासपुरबाट स्याउका बिरुवा ल्याएर रोप्नुभएको हो ।

रोपेको एक वर्षमा नै सबै बोट फुलेका बताउँदै उहाँले भन्नुुभयो, “अहिले फुुलेको स्याउलाई औषधि हालेर झारेको छुु, अघिल्लो वर्ष पनि परीक्षणका रूपमा २० बोटमा मात्र फलाएको थिएँ, अहिले पनि तीस–चालीस बोटमा मात्र फलाएको छु ।” उहॉका अनुुसार बिरुवा लगाएको दुुई वर्ष पूरा भएको छ, अर्को वर्षदेखि एक बोटबाट आठदेखि १० किलोग्रामसम्म आम्दानी लिन सकिनेछ ।

बिरुवा लगाएको तीन वर्षपछि मात्रै आम्दानी गर्न सकिन्छ भने पॉच वर्षपछि भने एउटै बोटमा ५० देखि एक सय किलो ग्रामसम्म स्याउ फल्ने गर्दछ । तराईका क्षेत्रमा नौलो मानिएको स्याउखेतीका लागि हालसम्म ८० लाख लागत लागिसकेको ओलीले बताउनुभयो । ओलीले स्याउसँगै अम्बा र बयर पनि रोप्नुभएको छ । एक हजार दुुई सय स्याउ, पाँच सय अम्बा र एक सय बयर उहाँले लगाउनुुभएको छ ।

तराईमा पनि स्याउ फल्ने विषय इन्टरनेटका माध्यमबाट थाहा पाएको बताउँदै ओलीले भन्नुुभयो, “कृषि निर्देशक यज्ञराज जोशीको सल्लाहले मैले यो खेती गर्ने हौसला पाएँ र मलाई काम गर्न सहयोग मिल्यो ।” हाललाई अम्बा र बयर बेचेर आम्दानी गरिरहनुुभएका ओलीले स्याउको बेर्नाबाट पनि आम्दानी लिइरहनुुभएको छ । प्रतिबेर्ना रु तीन सयका दरले बेचेको बताउँदै उहाँले भन्नुुभयो, “हालसम्म एक हजार आठ सय बेर्ना बेचिसकेको छुु ।”

ओलीका अनुुसार सिरहा, सप्तरीलगायत तराई क्षेत्रबाट र सिन्धुुपाल्चोकबाट पाँच सय बिरुवा किन्न किसान आएका थिए तर पहाड क्षेत्र भएकाले बेर्ना बेचिएन । ओलीले प्रदेश कृषि निर्देशनालय र कृषि ज्ञान केन्द्र कैलालीबाट रु १५ लाख अनुुदानसमेत पाउनुुभएको छ । स्याउखेती गर्दाको सुुरुआतमा नै बिरुवा खरिदका लागि प्रदेश कृषि निर्देशनालयले रु चार लाख दिएको बताउँदै उहाँले भन्नुुभयो, “कृषि ज्ञान केन्द्र कैलालीले तारबारका लागि रु ११ लाख पचास हजार अनुुदान दिएको थियो र हाल सिँचाइका लागि ज्ञान केन्द्रले रु चार लाख २८ हजार अनुुदान दिएको छ ।”

विगतमा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भासीमा बस्दै आउनुभएका ओली स्याउखेती गर्नका लागि कैलालीको प्रतापपुरमा आउनुुभएको हो । उहाँले रु एक करोड ४६ लाखमा जमिन खरिद गरी स्याउखेती थाल्नुभएको हो । सुरुमा तराईमा स्याउ लगाउनेभन्दा छिमेकीले विश्वास नगरे पनि अहिले बगैँचामा फलेको स्याउ हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेका छन् । आफूले गरेको खेती सफल भएमा त्यसलाई बढाउँदै लैजाने उहाँले भन्नुुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
58%
1 km/h
मंगल
27 °C
बुध
29 °C
बिहि
29 °C
शुक्र
28 °C
शनि
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ