Ad imageAd image

हेटौंडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम मेटाइयो

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

हेटौंडा । मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न नहुने भन्दै हेटौंडा अस्पताल बचाउँ तथा सुधार अभियान समितिले अस्पतालको बोर्ड मेटाइदिएको छ ।

अभियानमा आवद्ध युवाहरुले आइतबार अस्पतालमा रहेको बोर्डमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्ने शब्दमाथि रंग दलेर मेटाइदिएका हुन् । उनीहरुले हेटौंडा अस्पतालमात्र लेखेको अर्को बोर्डसमेत झुन्डाएका छन् ।

अस्पताललाई प्रतिष्ठानबाट अलग राख्नुपर्नेमा नेकपा एमालेबाहेकका सबै राजनीतिक दलले ऐक्यवद्धता जनाएका छन् ।

नेपाल सरकारको स्वामित्वमा रहेको चल अचल सम्पत्ति कुनै अमुक दल निकट प्रतिष्ठानको हुन नहुने भन्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमाथि सर्वोच्च अदालतमा मुद्दा परेको छ । हेटौंडा अस्पताललाई प्रतिष्ठानको नाममा दिने कि नदिने भन्ने विषयमा सर्वोच्च अदालतमा बहस चलिरहेको छ ।

- Advertisement -
Ad imageAd image

यता अस्पतालले भने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पताल भनि बोर्ड राखेको थियो । एकातिर नेपाल सरकारको लोगो र अर्कोतिर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको लोगो रखिएपछी यस विषयमा पुनः विवाद निस्किएको हो । अदालतको फैसला अगावै अस्पतालले हेटौंडा अस्पताललाई प्रतिष्ठानसंग जोड्न कानुन सम्मत नहुने जानकारहरुको भनाई छ ।

समितिले हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा अलग स्थानमा अलग पहिचानसहितको आमजनताको पहुँचमा स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने, हेटौँडा अस्पतालको ६६ वर्षदेखिको सेवा इतिहासलाई कायम राख्नुपर्ने, अस्पतालको स्वामित्व प्रतिष्ठानमा जाने गरी निर्माण गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ खारेज हुनुपर्नेलगायतका माग राख्दै नागरिक हस्ताक्षर अभियान, मुख्यमन्त्री तथा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणलगायतको कार्यक्रम गरिरहेको छ ।

सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
scattered clouds
17° _ 17°
88%
3 km/h
शुक्र
16 °C
शनि
22 °C
आइत
21 °C
सोम
25 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ