Ad imageAd image

मन्त्री भण्डारी र भुटानीमन्त्री छिरिङबीच भेट

थाइल्याण्ड नेपाल डटकम
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भूटानका उर्जा तथा प्रकृतिक ओत मन्त्रालयका मन्त्री ल्योन्पो जेम छिरिङले शिष्टाचार भेट गरेका छन् ।

इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्टद्वारा आयोजित २४ र २५ सेप्टेम्बरसम्म काठमाडौंमा हुन लागेको दोस्रो हिन्दुकुश हिमालय मन्त्रीस्तरीय पर्वतीय शिखर सम्मेलनमा भाग लिन आएको सन्दर्भमा दुई देशका मन्त्रीबीच आज सिंहदरबारस्थित मन्त्रालयमा भेट भएको हो ।

सो अवसरमा मन्त्री भण्डारीले नेपाल र भुटानबीच गहिरो सामाजिक–सांस्कृतिक सम्बन्ध रहेको र जनस्तरमा समेत सुमधुर सम्बन्ध रहेको बताए । उनले भने, ‘भूपरिवेष्ठित भूवनावट, हिमाली भूगोल, विकासका चुनौती र जलवायु परिवर्तनको सामना लगायतका विषय हाम्रा साझा मुद्दाहरु हुन् ।’

- Advertisement -
Ad imageAd image

भूटान अति कम विकसित राष्ट्रबाट स्तरोन्नति भएकामा मन्त्री भण्डारीले छिरिङलाई बधाई ज्ञापन गरे । ‘भुटानको स्तरोन्नतिको यात्राले अन्य अतिकम विकसित राष्ट्रहरुका लागि विशेष गरी नेपालजस्ता भूपरिवेष्ठित राष्ट्रका लागि महत्त्वपूर्ण अनुभव हुन सक्छ, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन द्विपक्षीय संसदीय समूहले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ, नेपालको संघीय संसदले नेपाल–भुटान संसदीय मैत्री समूह गठन गरेको जानकारी गराउन पाउँदा मलाई खुसी लागेको छ’, मन्त्री भण्डारीले भने ।

नेपाल र भुटानले दुई देशबीचको व्यापारको पूर्ण सम्भावनालाई साकार पार्न प्राथमिकतामा आधारित व्यापार वार्ता सम्झौता गरिरहेको उनले बताए । उनले भने, ‘नेपाल र भुटान दुवै संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन(नाम) र क्षेत्रीय सहयोगका लागि दक्षिण एसियाली सङ्गठन (सार्क)लगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थाका सदस्य रहेर र यी संस्थामा हाम्रा साझा विषयहरुमा पहल गरिरहेका छौं ।’

नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जलविद्युत् विकास, वातावरण संरक्षण, अर्गानिक कृषि प्रविधि, उद्योगको क्षेत्रमा भूटानी अनुभव, ज्ञान, सीप र प्रविधिबाट नेपालले लाभान्वित हुन चाहेको मन्त्री भण्डारीको भनाइ थियो । नेपाल र भुटानबीचको व्यापारिक सम्बन्ध कृषि उत्पादन तथा औद्योगिक वस्तुहरुको मिश्रणले विगत वर्षमा विकसित भएको भयो ।

विकसित हुँदै गइरहेको व्यापार सम्बन्धले दुवै देशले आ–आफ्नो अर्थतन्त्रमा सकारात्मक योगदान गर्दै आर्थिक आदानप्रदानबाट प्राप्त हुने पारस्परिक लाभ लिन सकिने मन्त्री भण्डारीको भनाइ थियो । उनले नेपालले भुटानको सफल जलविद्युत् विकासबाट धेरै महत्त्वपूर्ण पाठ सिक्न सक्ने बताए ।

भुटानका मन्त्री छिरिङले नेपाल र भुटानको पर्यटन क्षेत्रमा दुवै देशबीच सहकार्य आवश्यक रहेको औंल्याए । उनले धार्मिक रुपमा भुटानी नागरिकलाई स्वयम्भु र लुम्बिनी भ्रमणमा नेपाल सरकारले सहजता प्रदान गर्नुपर्नेमा जोड दिए । साथै मन्त्री छिरिङले दुई देशबीच विद्युत्को क्षेत्रमा पनि सहकार्य आवश्यक रहेको बताए ।

सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
broken clouds
29° _ 29°
43%
3 km/h
बुध
29 °C
बिहि
31 °C
शुक्र
31 °C
शनि
31 °C
आइत
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ