Ad imageAd image

अन्नपूर्ण प्रथमले नेपालको पर्यटन र जीवनमै विशेष अर्थ राख्ने :मन्त्री श्रेष्ठ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

पोखरा । अन्नपूर्ण हिमालको काखमा पर्ने पर्यटन राजधानी पोखरामा सोमबार अन्नपूर्ण दिवस मनाइएको छ । आरोहण गर्न जोखिमपूर्ण भएकाले ‘किलर माउन्टेन’ समेत भनिने अन्नपूर्ण प्रथमको पहिलो आरोहण भएको ७४ औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइएको हो ।

नेपाल सरकार परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको समारोहमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अन्नपूर्णमा पहिलो पाइला टेक्ने मौरिस हर्जोगको सालिक अनावरण गर्नुभयो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बनाएको सालिक अब अन्नपूर्ण आधार शिविरमा राख्ने तयारी गरिएको छ । कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले आरोहण भएको आठ हजार मिटरभन्दा अग्लो पहिलो हिमाल अन्नपूर्ण प्रथमले नेपालको पर्यटन र जीवनमै विशेष अर्थ राख्ने उल्लेख गर्नुभयो ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
broken clouds
21° _ 21°
88%
3 km/h
बिहि
26 °C
शुक्र
23 °C
शनि
29 °C
आइत
29 °C
सोम
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ