मिथिला माध्यमिकी परिक्रमा : आज अन्तिम स्थल जनकपुरधाम पुग्दै

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज (विहीवार) अन्तिम विश्रामस्थल जनकपुरधाम पुग्ने भएको छ ।

 बुधबार भारतको विशौलमा रात्री विश्राम गरेका परिक्रमा यात्रीहरु एकाविहानै देखि जनकपुरधाम पुग्न लागेका छन् । जनकपुरधाम परिक्रमाको अन्तिम स्थल हो ।

धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली १४ औं दिन भारतको विशौल पुगेको थियो भने आज अन्तिम दिन जनकपुरधाम पुगेर विश्राम गर्ने छ  ।

परिक्रमालाई मध्येजनर गर्दै जनकपुधराममा परिक्रमाका श्रद्धालुहरुका लागि खाने, बस्नेलगायतको व्यवस्था गरिएको छ भने तीन दिन परिक्रमा क्षेत्रभरि माछा मासु र मदिरा सेवन र विक्रि वितरणमा रोक लगाइएको छ । शुक्रवार बिहान जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा परिक्रमा विधिवत सम्पन्न हुनेछ ।

नेपाल– भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ ।

परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
100%
1 km/h
सोम
21 °C
मंगल
20 °C
बुध
20 °C
बिहि
20 °C
शुक्र
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ