Ad imageAd image

गृहमन्त्रीसँग मुसहरले मागे नागरिकता, जमिन र शिक्षा

थाइल्याण्ड नेपाल डट्कम
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

सिरहा । सिरहा भ्रमणमा रहेका गृहमन्त्री रमेश लेखकलाई यहाँका दलित मुसहर समुदायले नागरिकता, जमिन र शिक्षाको माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।

लहान नगरपालिकाको सभा कक्षमा आयोजित कार्यक्रममा सवरी संकल्प समाज  नामक गैर सरकारी संस्थाको अगुवाइमा गृहमन्त्री लेखकलाई ज्ञापन पत्र दिइएको हो ।

ज्ञापन पत्रमा भनिएको छ,‘नेपालका २७ जिल्लामा छरिएर रहेका मुसहर समुदायको जनसंख्या २ लाख ६४ हजार ९ सय ७४ रहेको छ । मधेश प्रदेशमा २ लाख ४७ हजार ५ सय ५५ छ । जसमा अहिले पनि ४० प्रतिशत मुसहर समुदाय नागरिकताविहीन रहेका छन् ।’

- Advertisement -
Ad imageAd image

ज्ञापन पत्रमा मुसहर समुदाय पछाडि पर्नुमा राज्यको विभेदकारी नीति र अन्यायपूर्ण सामाजिक आर्थिक संरचना नै मुख्य कारक हो भन्दै दलित समुदायभित्रको अति सीमान्तिकृत समुदायको रुपमा रहेको मुसहर जातिको सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक उत्थान नभएसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत समृद्ध राष्ट्र बन्ने दावी कोरा कल्पना मात्र हो, भन्ने उल्लेख छ ।

सवरी संकल्प समाज (मुसहर समुदायद्वारा सञ्चालित गैर सरकारी संस्था ) सिरहा गोलबजारले गरेको नमूना सर्वेक्षणमा मुसहर समुदायका नागरिकता बनाउने उमेर पुगेका जम्मा ८८२ जना व्यक्तिहरु नागरिकताविहीन रहेको पाइन्छ ।

जसमध्ये महिलाको संख्या जम्मा ५ सय १३ जना र पुरुषको संख्या जम्मा ३ सय ६९ जना रहेको छ । पुस्तौ पुस्तादेखि नेपालमै बसोबास रहेतापनि आवश्यक प्रमाण समेत जुटाउन नसक्ने अवस्थाका १५३ जना रहेका देखिन्छन्  ।

तथ्यांक अनुसार विपन्न तथा गरिबीको चरम तल्लो रेखामा रहेका मुसहर समुदायका लागि संघीय सरकारले आफ्नै पहलमा आवश्यक अध्ययन गरी ठोस नीति निर्माण गरेर प्रदेश र स्थानीय तहलाई समस्या समाधानका लागि स्पष्ट कार्यक्रम बनाएर लागु गर्न समेत निर्देशन गरी समग्र मुसहर समुदायको सर्वाङ्गीण विकास कार्यक्रम लागू गर्न आवश्यक छ, ज्ञापन पत्रमा भनिएको छ ।

ज्ञापन पत्रमा नगरिकताविहीन मुसहर समुदायलाई टोली खटाएर वडा कार्यालयमा नागरिकता प्रमाण पत्र उपलब्ध गराउन आवश्यक रहेको औंल्याएका छन् । 

मागहरु

१. मुसहर समुदायलाई  नेपालका आदिबासी घोषित गरियोस् ।

२.मुसहर समुदायलाई वडास्तरमा टोली खटाएर  बसोबासको भएको प्रमाणको अधारमा बंशज नाताले नेपाली नागरिकताको प्रमाण पत्र दिने व्यवस्था गरियोस् । 

३. मुसहर समुदायलाई परापूर्वकाल देखि नै राज्यले भूमिविहीन बनायो । त्यसकारण केही मुसहर नागरिकहरुसँग नागरिकता प्रमाण पत्र पाउने कागजी प्रमाणहरु छैन । नेपाल सरकारले वडाबाट दिइने बसोबासको सिफारिस वा सहरजमिन मुचुल्का उठाएर नागरिकता प्रमाण पत्र दिने नीति बनाउन माग गर्दछौं ।

४. मुसहर समुदाय ९५ प्रतिशत भूमिविहीन सुकुम्बासी छन् । उनीहरुलाई खेतीगोग्य जमिन र घरबासको जग्गाको लालपुर्जा प्रदान गरियोस् ।

५ मुसहर समुदायका बालबालिका पढाउन छुट्टै र विशेष आर्थिक साहायता कार्यक्रमको घोषणा गरियोस् ।

सेयर: 17
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
broken clouds
21° _ 21°
68%
3 km/h
शनि
20 °C
आइत
19 °C
सोम
26 °C
मंगल
23 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ