Ad imageAd image

नाम्जुङ – घैरुङ – ताक्लुङ – मनकामना जाने सडक खण्ड १२ दिनको लागि बन्द

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

सुलीकोट, । गोरखाको सहिद लखन गाउँपालिका अन्तर्गत पर्ने नाम्जुङ – घैरुङ – ताक्लुङ – मनकामना जाने सडक खण्ड १२ दिनको लागि बन्द हुने भएको छ ।

सहिद लखन गाउँपालिकाको – वडा नम्बर ६ को खगी देखि वडा न ९ को छेलाङगीचोक सम्मको साँढे ३ किलोमिटर सडक खण्ड १० दिनको लागि बन्द हुने भएको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले जानकारी दिनु भयो ।

उहाँका अनुसार सहिद लखन गाउँपालिका र सङ्घीय समपूरक कोष योजना आयोगको ९ करोड ९८ लाख ७४ हजार २२० रुपैयाँमा लागतको संयुक्त साझेदारीमा सडक कालोपत्रे गर्ने काम भएकाले नाम्जुङ घैरुङ बतासे हुँदै मनकामनामा जाने सवारी आबागमनमा पूर्ण रूपमा बन्द गरिएकाले वैकल्पिक मार्गको खोजी गरी सवारी साधन सञ्चालन गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

सडक बाटो भएर मनकामना दर्शन गर्न जाने यात्रुलाई केही दिनको लागि असहज भएता पनि केही दिन पछि कालोपत्रे सडकबाट भएर घैरुङ ताक्लुङ नाम्जुङ बतासे हुँदै मनकामना आवतजावत गर्न सहज यात्रा बनाइने गाउँपालिकाले विश्वास लिएको प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षरित गरेको बिज्ञाप्तीमा भनिएको छ ।

- Advertisement -
Ad imageAd image

जेठ २१ गते देखि जेठ ३२ गते सम्म नाम्जुङ देखि घैरुङ हुँदै मनकामना जाने सडक खण्ड बन्द हुने भएको छ । बाटोको कारण यात्रुलाई पर्न गएको असुविधा प्रति गाउँपालिका सचेत रहेको बताइएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
66%
शुक्र
27 °C
शनि
30 °C
आइत
32 °C
सोम
32 °C
मंगल
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ