Ad imageAd image

२ अर्ब १९ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँः नेपाल राष्ट्र बैंकले २ अर्ब १९ करोड रुपैयाँ बराबरको रकम एक वर्षका लागि मुद्दती निक्षेपमा लगानी गर्ने निर्णय गरेको छ। यसका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई ब्याजदर प्रस्ताव गर्न आह्वान गरिएको छ।

राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ७५ करोड २० लाख, ‘ख’ वर्गका विकास बैंकमा ३२ करोड ८५ लाख, तथा ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १० करोड ९५ लाख रुपैयाँ लगानी गरिनेछ।

मुद्दती निक्षेप फागुन ६, २०८१ देखि फागुन ६, २०८२ ९३६६ दिन० सम्मका लागि रहनेछ। बैंकले माघ ३० गते दिउँसो १ बजेसम्म आवेदन पेश गर्न आग्रह गरेको छ।

लगानी योग्य बैंक तथा वित्तीय संस्थाका लागि न्यूनतम पुँजीकोष पूरा भएको, कम्तीमा दुई वर्ष सञ्चालनमा रहेको, निष्क्रिय कर्जा पाँच प्रतिशतभन्दा कम भएको, तथा न्यूनतम तरल सम्पत्ति पूरा भएको जस्ता शर्तहरू लागू हुनेछन्।

- Advertisement -
Ad imageAd image

बैंकले अन्य थप शर्त राखी आवेदन दिन पाउने छैनन्, यदि थप शर्त राखिएको खण्डमा त्यस्ता प्रस्तावहरू अमान्य हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ। कोषको रकम लगानीबारे अन्तिम निर्णय नेपाल राष्ट्र बैंक अवकाश कोष व्यवस्थापन समितिले गर्नेछ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
few clouds
27° _ 27°
54%
1 km/h
शुक्र
30 °C
शनि
31 °C
आइत
30 °C
सोम
28 °C
मंगल
26 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ