Ad imageAd image

राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले लिइन् शपथग्रहण

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथग्रहण गर्नुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आइतबार सिंहदरबारमा एक समारोहका बिच पूर्वराजदूत समेत रहनुभएका उहाँले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो ।

शाक्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रिय सभाको सदस्य पदमा मनोनित गर्नुभएको थियो ।त्यसलगत्तै सांसद शाक्यलाई सांसदको लागो हस्तातरण गर्नुहुँदै राष्ट्रिय सभाका अध्यक्ष दाहालले बधाइ दिनुभएको थियो ।

त्यस अवसरमा राष्ट्रिय सभाका सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुले पनि उहाँलाई बधाइ दिनुभएको थियो । शपथ ग्रणगलत्तै सांसद शाक्यले देश र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

- Advertisement -
Ad imageAd image

उहाँले राष्ट्रिय सभाको गरिमा उचाइमा पुर्‍याउन पनि आफूले सक्दो पहल गर्ने बताउनु भयो ।एमाले विदेश विभाग सदस्य शाक्यले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारी समेत पाउनुभएको थियो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
scattered clouds
22° _ 22°
70%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
29 °C
सोम
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ